close

आलोचित बनेपछि प्रधानमन्त्री बालेनको आधिकारिक तस्बिरबाट हटाइयो ‘रे-बान’ चस्माको लोगो

टेकपाना टेकपाना

चैत १७, २०८२ १९:२

आलोचित बनेपछि प्रधानमन्त्री बालेनको आधिकारिक तस्बिरबाट हटाइयो ‘रे-बान’ चस्माको लोगो

काठमाडौँ । सरकारी कार्यालयमा राख्नका लागि सार्वजनिक गरिएको प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आधिकारिक तस्बिर विवादित बनेपछि चस्मामा रहेको ‘रे-बान’ (Ray-Ban) को लोगो हटाइएको छ ।

सोमबार प्रधानमन्त्रीको सचिवालयले सबै सरकारी कार्यालयको प्रयोजनका लागि भन्दै प्रधानमन्त्री शाहको आधिकारिक तस्बिर सार्वजनिक गरेको थियो । तर, देशको कार्यकारी प्रमुखजस्तो पदमा रहेको व्यक्तिले लगाएको चस्मामा विदेशी फेसन ब्रान्डको लोगो प्रस्ट देखिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो ।

सरकारी कामकाजमा प्रयोग हुने र राज्यका हरेक निकायमा राखिने तस्बिरमा विदेशी कम्पनीको लोगो देखिँदा त्यसले नकारात्मक सन्देश दिने भन्दै आलोचकले प्रश्न उठाएका थिए ।

चौतर्फी आलोचना र सुझावपछि प्रधानमन्त्रीको सचिवालयले उक्त तस्बिर सच्याएको छ । सचिवालयले पहिले सार्वजनिक गरिएको तस्बिर हटाएर चस्मामा रहेको लोगो मेटाइएको नयाँ तस्बिर कार्यालय प्रयोजनका लागि उपलब्ध गराएको छ ।

पछिल्लो अध्यावधिक: चैत १९, २०८२ १३:५८