close

नयाँ वर्षमा एलजीका सामान खरिदमा ४१ प्रतिशतसम्म छुट र उपहार

टेकपाना टेकपाना

चैत १९, २०८२ १४:८

नयाँ वर्षमा एलजीका सामान खरिदमा ४१ प्रतिशतसम्म छुट र उपहार

काठमाडौँ । नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै एलजीले सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा ‘दिस न्यु इएर, डिजाइन योर ड्रिम होम’ नामक अभियान सार्वजनिक गरेको छ । ​अभियानअन्तर्गत एलजीका सामान खरिद गर्ने ग्राहकले ४१ प्रतिशतसम्म छुट प्राप्त गर्ने बताइएको छ । साथै विभिन्न उपहार निश्चित रूपमा प्राप्त गर्नुका साथै क्यासब्याक समेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।

नयाँ वर्षसँगै नयाँ लक्ष्य र आकांक्षा लिएर अघि बढिरहेका ग्राहकहरूलाई स्मार्ट र आरामदायी घर निर्माण गर्न सहयोग पुर्‍याउने उद्देश्यका साथ यो अभियान ल्याइएको कम्पनीको भनाइ छ । 

यसअन्तर्गत टिभी, अडियो सिस्टम, भ्याकुम क्लिनर, सिंगल डोर र डबल डोर फ्रिज (३०८ लिटरसम्म) को खरिदमा ४१ प्रतिशत क्यासब्याक उपलब्ध हुनेछ । साथै फ्रन्ट लोड वासिङ मसिनको खरिदमा ६ केजीको एरयल म्याटिक डिटर्जेन्ट निःशुल्क उपलब्ध हुनेछ ।  

त्यस्तै टप लोड वासिङ मसिनको खरिदमा दुई केजी एरिएल डिटर्जेन्ट, ट्विन टब वासिङ मसिनको खरिदमा एक केजी एरियल डिटर्जेन्ट, डिसवासरको खरिदमा दुई प्याक वासिङ ट्याब्लेट निःशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ । 

साथै साइड बाई साइड र डबल डोर फ्रिज (३४० लिटर वा सोभन्दा माथि) को खरिदमा मिक्स्चर, माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट र एयर कन्डिसनरको खरिदमा निःशुल्क इन्स्टलेसन सेवा उपलब्ध हुनेछ । 

कम्पनीका अनुसार यस अभियानको उद्देश्य ग्राहकहरूलाई नयाँ वर्षको सुरुवातमै आफ्नो घरलाई स्मार्ट, आधुनिक र प्रभावकारी बनाउने अवसर प्रदान गर्नुका साथै खरिदलाई अझ सहज र लाभदायी बनाउनु हो । 

यो अफर सीमित समयका लागि नेपालभर रहेका एलजीका आधिकारिक शोरुम तथा खुद्रा पसलहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्राहकले यी सामान शून्य प्रतिशत ब्याजदरमा एउटा नागरिकता बुझाएकै भरमा ईएमआईमा समेत खरिद गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: चैत १९, २०८२ १४:१५