close

सरकारी निकायमा भएका सफ्टवेयरहरूको अध्ययन गर्न कार्यदल गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

टेकपाना टेकपाना

बैशाख १०, २०८३ १३:३४

सरकारी निकायमा भएका सफ्टवेयरहरूको अध्ययन गर्न कार्यदल गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले सरकारी निकायहरूमा प्रयोग भइरहेका सफ्टवेयर तथा सूचना प्रविधि प्रणालीहरूको विस्तृत अध्ययन र अनुगमन गर्न एक उच्चस्तरीय कार्यदल गठन गर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा उक्त अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले भने, “सरकारी निकायमा भएका सफ्टवेयर तथा सूचना प्रविधि सम्बन्धी विषयमा अध्ययन गर्न सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने ।”

यो कार्यदलले सरकारी कार्यालयहरूमा सञ्चालित डिजिटल प्रणालीहरूको प्रभावकारिता र सुरक्षासम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेश गर्ने बताइएको छ ।

 

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८३ १४:३३