यातायात कार्यालय चाबहिलले थाल्यो क्यूआर कोडसहितको लाइसेन्स वितरण, हेर्नुहोस् सूची
बैशाख १४, २०८३ १३:७
काठमाडौँ । यातायात व्यवस्था कार्यालय, चाबहिलले क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) वितरण सुरु गरेको छ । यातायात व्यवस्था विभागबाट लाइसेन्स कार्ड प्राप्त भएपछि कार्यालयले सोमबारदेखि वितरण थालेको हो ।
कार्यालयका सूचना अधिकारी राजकुमार कपालीका अनुसार सोमबार कार्यालय समय सुरु भएसँगै कार्ड वितरणको काम अघि बढेको छ । “हामीले आजदेखि कार्ड बाँड्न सुरु गरेका छौँ,” सूचना अधिकारी कपालीले टेकपानासँग भने, “विभागबाट हामीलाई एक लाख ७८ हजार थान कार्ड प्राप्त भएको थियो ।”
कार्यालयका अनुसार सन् २०२२ को जुलाईदेखि लाइसेन्सको पर्खाइमा रहेका सेवाग्राहीलाई यो पटक कार्ड वितरण गरिनेछ । यसका साथै, सरकारले २४ घण्टामै कार्ड उपलब्ध गराउने प्रतिबद्धता अनुरूप दैनिक रूपमा प्रिन्ट भएर आएका कार्डहरू पनि कार्यालयमा उपलब्ध रहेको र सोहीअनुसार वितरण भइरहेको कपालीले जानकारी दिए ।
कार्ड लिनका लागि आफ्नो कार्ड प्रिन्ट भए नभएको यकीन गर्नुपर्ने हुन्छ । त्यसका लागि यहाँ भएको सूचीमा हेर्न सक्नुहुन्छ ।
यहाँ रहेको सूचीमा तपाईंको नाम छ भने लाइसेन्स लिन जान सक्नुहुन्छ । कार्ड लिन जाने सेवाग्राहीले अनिवार्य रूपमा राजस्व बुझाएको सक्कल रसिद साथमा लिएर जानुपर्ने कार्यालयले जनाएको छ । त्यस्तै, लाइसेन्स नवीकरण गरेका सेवाग्राहीको हकमा भने सक्कल रसिदका साथै आफ्नो पुरानो कार्ड पनि अनिवार्य रूपमा बुझाउनुपर्ने नियम रहेको कार्यालयले प्रस्ट पारेको छ ।
पछिल्लो अध्यावधिक: बैशाख १४, २०८३ १३:७
