close

नास्टमा उपकुलपतिसहित ४९ पदाधिकारी एकमुष्ट पदमुक्त हुँदै

टेकपाना टेकपाना

बैशाख १९, २०८३ २२:५५

नास्टमा उपकुलपतिसहित ४९ पदाधिकारी एकमुष्ट पदमुक्त हुँदै

काठमाडौँ । सरकारले ल्याएको नयाँ अध्यादेशसँगै मुलुकको सर्वोच्च वैज्ञानिक निकाय नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा ४९ जना पदाधिकारी एकमुष्ट पदमुक्त हुने भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ ले नास्टको सञ्चालक संरचनामा रहेका उपकुलपतिसहितका पदाधिकारीहरूलाई एकैपटक बिदाइ गर्ने भएको हो ।

अध्यादेशले ‘नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८’ बमोजिम नियुक्त वा मनोनीत भएका सबै पदाधिकारीहरूको पद रिक्त हुने व्यवस्था गरेको छ । यससँगै नास्टका उपकुलपति, सचिव र प्राज्ञिक परिषद्का सदस्यहरूसहित कुल ४९ जनाको पद बर्खास्तीमा पर्नेछ ।

 

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८३ २२:५५