तीव्र गतिमा बदलिँदो प्रविधिको विकाससँगै नेपालको अनौपचारिक अर्थतन्त्रको संरचनाभित्र रोजगारी र आम्दानीको नयाँ स्वरूप देखा परेको छ । यसैलाई विश्वव्यापी रूपमा ‘गिग इकोनोमी’ भन्ने गरिन्छ । यो अवधारणा सङ्गीत क्षेत्रबाट सुरु भएको मानिन्छ, जहाँ सङ्गीतकर्मीहरू औपचारि...
