काठमाडौं । अचेल क्यामेरा भएको फोन सबैजसोको हातहातमा हुने अवस्था छ । भ्लगिङ गरेर आम्दानी र चर्चा कमाउन सकिने भएपछि प्रोफेसनल क्यामेराको पहुँच पनि उस्तै छ । यस्तोमा तपाईं हामी आफ्नो ठाउँ वा सार्वजनिक स्थानको भिडिओ खिचेर टिकटक, फेसबुक, युट्युबजस्ता माध्यममा राखिरहेका...
