काठमाडौं । एमजी भेहिकलका लागि नेपालको आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नेपालमा आफ्नो नयाँँ इलेक्ट्रिक भेरियन्टको एसयूभी एमजी जेड एसयूभीका लागि प्रि-बुकिङ खुला गरेको छ ।
यो मोडेलमा २८० एनएमको अधिकतम टर्क प्रदान गर्नसक्ने ९९ किलोवाटको मोटर र ५१ केडब्ल्यूएचको ब्याट्री क्षमता रहेको कम्पनीले जनाएको छ । आधा घण्टामै ८० प्रतिशत चार्ज हुने यसको ब्याट्रीले सिङ्गल चार्जमै ३२० किमिको वाइड रेन्ज प्रदान गर्ने पनि कम्पनीले जानकारी दिएको छ ।
यस एसयूभीको ब्याट्रीलाइफ आठ वर्षको रहेको छ । सुरक्षाका लागि यसमा छ ओटा एयर ब्याग, ईएसपी, ईएबी, एचडीसी, अटो होल्डजस्ता फिचर राखिएका छन् ।
त्यस्तै मनोरञ्जनका लागि प्रिमियम पानोराेमिक सन-रुफ, डीएबी रेडियो र ब्लुटुथयुक्त १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ड्राइभरका लागि ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस फोन चार्जिङ, कि–लेस एन्ट्री र स्टार्ट, ६ वटा स्पिकरसहितको थ्रीडी साउन्ड सिस्टम, ड्राइभरका लागि ६वे र फ्रन्ट पेसेन्जरका लागि ४वे इलेक्ट्रिकल एड्जस्टेबल लेदर पावर सिट, दुईओटा इसोफिक्स चाइल्ड सिट एन्कोरेज पोइन्टहरू (आउटर रियर सिटहरू), ६०÷४० फोल्डिङ रियर सिटहरू, रूफ रेल, पावर–फोल्डिङजस्ता फिचरहरु राखिएको छ ।
दुई ओटा भेरीयन्टमा उपलब्ध यस एसयूभीको कम्फर्ट भेरियन्टको मूल्य ४८ लाख ४९ हजार राखिएको छ भने डिलक्स भेरियन्टकाे मूल्य ५२ लाख ४९ हजार राखिएको छ ।
वैशाखदेखि उपभोक्तालाई डेलिभरी गर्न सुरु गरिने भनिएको यस एसयूभीलाई एक लाख रुपैयाँ डिपोजिट तिरेर प्रि-अर्डर अथवा बुक गर्न सकिने छ ।