Fact Check
काठमाडौँ । गएको शनिबारदेखि विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जाल प्लेटफर्ममा राइड शेयरिङ गर्ने मोटरसाइकलले अब अनिवार्य रूपमा कालो नम्बर प्लेट राख्नुपर्ने दाबीसहितका समाचार र पोस्ट भाइरल भइरहेका छन् । ...
काठमाडौँ । विगत केही दिनदेखि सामाजिक सञ्जालका विभिन्न माध्यमहरूमा चितवनकी एक महिलाले पाँचवटा कुकुरका छाउराहरूलाई जन्म दिएको भन्ने दाबीसहितको खबर भाइरल भइरहेको छ । अस्पतालको शय्यामा रहेकी ती महिलाले काखमा ...
फ्याक्टचेक: वाईफाईको तार जोड्ने क्रममा करेन्ट लागेर आमा-छोरी गम्भीर घाइते भएको भन्दै भाइरल फोटो फेक
काठमाडौँ । पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा वाई-फाईको तार जोड्ने क्रममा एक महिलालाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा छोरी पनि गम्भीर घाइते भएको दाबीसहित केही तस्बिरहरू भाइरल भइरहेका छन् ...
काठमाडौँ । आइतबारदेखि सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ वर्किङ भिसामा जापान जान लागेको दाबीसहितका पोस्ट भाइरल भएका छन् । तर, टेकपाना फ्याक्टचेक डेस्कले ...
काठमाडौँ । पछिल्ला केही दिनयता सामाजिक सञ्जाल र विभिन्न अनलाइन समाचार माध्यममा १०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार शुल्क लगाउने सरकारको निर्णयलाई सर्वोच्च अदालतले रोक लगाएको दाबीसहितका समाचार सम्प्रेषण भइरहेका छन् ...
काठमाडौँ । केही दिनदेखि सामाजिक सञ्जालमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले पूर्वप्रधानमन्त्री सुशीला कार्कीमाथि तीखो टिप्पणी गरेको दाबीसहितका स्क्रिनशटहरू व्यापक रूपमा भाइरल भइरहेका छन् । उक्त स्क्रिनशटमा प्रधानमन्त्री बालेनले कार्कीलाई आफ्नो ...
About Techpana Fact Check
टेकपाना मिडिया प्रालि सन् २०१९ मा स्थापित प्रविधिमा केन्द्रित नेपालकै अग्रणी सञ्चार माध्यम हो । प्रविधि क्षेत्रलाई नजिकबाट नियाल्ने र यसलाई कर्मथलो बनाउने १५ बढी पत्रकार यहाँ कार्यरत छन् । यसको केन्द्रीय कार्यालय कोटेश्वर काठमाडौंमा छ भने अधिकांश पत्रकार काठमाडौंमै कार्यरत छन् ।
टेकपानाले नेपाली भाषीहरूलाई प्रविधिप्रति जागरुक र सचेत बनाउँदै प्रविधि क्षेत्रमा देखिएका विकृति र विसङ्गतिहरूलाई न्यूनिकरण गर्न पनि महत्वपूर्ण भूमिका खेलेको छ । प्रविधिसँग सम्बन्धित विश्वभरका विविध विषयलाई समेटेर टेकपानाले समाचार, विश्लेषण र विचार प्रस्तुत गर्छ । टेकपानाले नेपाली प्रविधि समुदायलाई प्रोत्साहन गर्दै प्रविधिको विकासमा सक्रिय भूमिका खेल्दै आएको छ ।
स्थापनाको छोटो अवधिमै टेकपानाले निष्पक्ष, भरपर्दो र विश्वसनीय सञ्चार माध्यमको छवी बनाएको छ । यसले नेपालमा प्रविधि चेतनाको अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।
सामाजिक सञ्जालमा भ्रम सिर्जना गर्ने र अफवाह फैलाउने सामग्रीलाई स्थापना कालदेखि नै टेकपानाले निगरानी गरी तथ्यपरक समाचार प्रकाशन गर्दै आएको छ । पछिल्ला वर्षहरूमा विश्वव्यापी रूपमा भ्रामक सूचनाको प्रसार बढ्दो छ र प्रविधिको सहज पहुँचले जो कोहीलाई पनि सामाजिक सञ्जालमा भ्रम सिर्जना गर्न सक्ने बाटो सरल बनाइदिएको छ । यसले गर्दा विभिन्न देशहरू अपुष्ट र मिथ्या सूचनाले आक्रान्त भएका छन् र नेपाल पनि यसबाट टाढिन सकेको छैन ।
डिजिटल साक्षरताको अभावले गर्दा नेपाली प्रयोगकर्तालाई झुक्याउन र भ्रममा पार्न सामाजिक सञ्जालमा अपुष्ट, भ्रामक र मिथ्या सूचना छिटो फैलिने क्रम बढेको छ । सामाजिक सञ्जालको जिम्मेवार प्रयोगसम्बन्धी शिक्षा र चेतनाको अभावले पनि विभिन्न प्लेटफर्मबाट फैलिने अपुष्ट, भ्रामक तथा मिथ्या सूचनालाई प्रश्रय मिलेको छ । इन्टरनेटमा भएका सामाजिक सञ्जालबारे जानकारी दिंदै आएको टेकपानाले त्यसबाट फैलिने अपुष्ट, मिथ्या र भ्रामक सूचना तथा समाचारलाई आफ्नो क्षेत्राधिकारभित्र समावेश गरी समाचारका रूपमा प्रकाशन गर्दै आएको थियो । र, पछि प्रक्रियागत हिसाबले फ्याक्ट चेक सामग्री प्रकाशन गर्ने प्रण गर्यो ।
यस्तो चुनौतीपूर्ण अवस्थालाई मध्यनजर गर्दै टेकपानाले सामाजिक सञ्जालमा फैलिने अपुष्ट, भ्रामक र मिथ्या सूचना विरुद्ध लड्न औपचारिक रूपमा १० फागुन २०८१ देखि फ्याक्टचेक (तथ्य जाँच) टिम निर्माण गरेको थियो । त्यही समयदेखि टेकपाना फ्याक्ट चेकले इन्टरनेस्नल फ्याक्ट चेकिङ नेटवर्क (आईएफसीएन) को आचारसंहिता पालन गरी निरन्तर फ्याक्ट चेक सामग्री प्रकाशन गर्दै आएको छ । टेकपानाको यस अभियानले अपुष्ट, भ्रामक तथा मिथ्या सूचनाको पहिचान गरी सत्यतथ्य जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ ।
टेकपाना फ्याक्टचेक सम्पादकिय विभागभित्रको एक फ्याक्ट चेकिङ युनिट हो । टेकपाना कुनै पनि पक्षलाई समर्थन वा विरोध गर्दै वा कसैलाई प्रश्रय मिलोस् भन्ने हेतुले तथ्यजाँच गर्दैन । यो प्रमाणसहित पारदर्शी रूपमा अपुष्ट, मिथ्या तथा भ्रामक सूचना पहिचान गर्दै त्यसैलाई चिरफार गर्ने काम गर्छ । यसमा कुनै पक्षको हस्तक्षेप हुँदैन भन्नेमा टेकपाना प्रतिवद्ध छ । टेकपाना आफूले प्रकाशन गर्ने हरेक फ्याक्टचेक सामग्रीमा स्पष्ट रूपमा प्रमाण राख्नुका साथै प्रक्रिया पारदर्शी बनाउनेतर्फ अग्रसर छ । टेकपानाका कुनै पनि फ्याक्टचेक सामाग्रीमा उल्लेख भएका प्रक्रिया अपनाएर जोकोहीले आफैं पनि तथ्यजाँच गरिदिन सक्छन् ।
फ्याक्टचेक अभियान सुरु गर्नुअघि टेकपानाले आफ्ना पत्रकारको क्षमता अभिवृद्धिमा विशेष ध्यान दिएको छ । यसै क्रममा नेपालको प्रतिष्ठित तथ्य जाँच संस्था नेपाल चेकका सम्पादक दीपक अधिकारीद्वारा टेकपानाको समाचारकक्षमा यहाँका पत्रकारलाई तथ्य जाँच सम्बन्धी विशेष तालिम प्रदान गरिएको थियो । साथै टेकपानाले आफ्ना पत्रकारलाई तथ्य जाँच सम्बन्धी विभिन्न कार्यशालामा पनि सहभागी गराउँदै आएको छ ।
आईएफसीएनको सहयोगमा भारतको प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)का तथ्य जाँचकर्ता एवम् प्रशिक्षक प्रत्युश रञ्जन र आषिशा सिंह राजपुतले हाइब्रिड मोडेलमा आधारित तथ्य जाँच तालिम सञ्चालन गरिरहेका छन् । यो छ महिने तालिम भौतिक र भर्चुअल माध्यमबाट भइरहेको छ । ।
फण्डिङ (Funding)
टेकपाना फ्याक्टचेक टेकपाना मिडिया प्रालिको लगानीमा सञ्चालित मिथ्या सूचना विरुद्धको अभियान हो ।
१८ सेप्टेम्बर २०१९ मा स्थापना भएको टेकपानाको वित्त व्यवस्थापन स्वलगानीमा आधारित छ । यसको मुख्य आयस्रोत समाचारमा राखिने विज्ञापन हो । यसले वेबसाइटका साथै मोबाइल एप र सामाजिक सञ्जालका विभिन्न माध्यममा शब्द र भिडिओका रूपमा समाचार प्रकाशन गर्छ । टेकपाना फ्याक्ट चेक टिमको खर्च विज्ञापनबाट भएको आम्दानीमार्फत व्यवस्थापन हुन्छ । टेकपाना कुनै पनि राजनीतिक दल, समूह वा व्यक्तिबाट चन्दा स्वीकार गर्दैन ।
निष्पक्षता नीति (Non-Partisanship Policy)
टेकपाना स्थापना कालदेखि नै निष्पक्ष रिपोर्टिङप्रति दृढ छ । यसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै पनि राजनीतिक दललाई समर्थक गर्दैन । साथै राष्ट्रिय वा अन्तर्राष्ट्रिय विवादमा कहिल्यै कुनै पक्षको समर्थन गर्दैन । यो प्रतिवद्धता टेकपानाको दैनिक समाचार प्रकाशनमा स्पष्ट झल्किन्छ । टेकपानामा प्रविधि तथा अन्य सामाजिक मुद्दासँग सम्बन्धित विभिन्न समाचार पारदर्शी स्रोत, वस्तुनिष्ठता र कुनै पनि राय विना प्रस्तुत गरिन्छ । टेकपानाले आफ्ना पत्रकार एवम् फ्याक्टचेकरलाई पत्रकार आचार संहिता पूर्ण रूपमा पालन गराउँदै आएको छ ।
टेकपानामा काम गर्ने पत्रकार र फ्याक्टचेकर कुनै पनि राजनीतिक दलमा आबद्ध हुन पाउँदैनन् । सामान्यतः उनीहरूले तलका कुनै पनि काम गर्न पाउँदैनन्:
- कुनै पनि राजनीतिक अभियानमा लाग्न वा कुनै पार्टी चिनाउने लुगा/चिन्ह लगाउन ।
- राजनीतिक आन्दोलन वा जुलुसमा सहभागी हुन ।
- आफ्ना सहकर्मीलाई कुनै पार्टीमा भोट हाल्न भन्न वा दबाब दिन ।
- सामाजिक सञ्जाल वा अन्य ठाउँमा राजनीतिक पूर्वाग्रही राख्ने विचार शेयर गर्न तथा कार्यालयको कम्प्युटर वा सामान प्रयोग गरेर राजनीतिक प्रचार गर्न ।
टेकपाना मिडिया प्रा.लि.
महादेवस्थान, कोटेश्वर काठमाडौं, नेपाल
Email: [email protected]
Web: techpana.com
फोन: 01-5244861
सूचना विभाग दर्ता नं. १५४१/७६-७७
प्रेस काउन्सिलः १८३७-२०७६/७७
कम्पनी रजिष्ट्रारको कार्यालयः २१६८५८/७५/०७६
फ्याक्टचेकका लागि: [email protected]
मोबाइल: ९८५१०४४४५८
एन्ड्रोइड, आईओएस, फेसबुक, एक्स, इन्स्टाग्राम, थ्रेड्स, युट्युब, टिकटक
----------------------------------------------------------
About TechPana Fact Check
TechPana Media Pvt. Ltd., established in 2019, is Nepal’s leading technology-focused media outlet. With more than 15 journalists actively monitoring the technology sector, TechPana has become a trusted platform for reliable news and information. Its central office is in Koteshwor, Kathmandu, while most of its journalists are also based in Kathmandu.
Since its establishment, TechPana has been dedicated to raising awareness among Nepali-speaking people about technology, helping reduce distortions and anomalies in the sector. It has consistently presented news, analysis, and opinions covering a wide range of technology-related topics from around the world, while also encouraging the Nepali technology community. In a relatively short time, TechPana has built an image of being impartial, reliable, and trustworthy, playing an important role in increasing technology awareness in Nepal.
From the beginning, TechPana has also monitored content on social media that creates confusion and spreads rumors, publishing factual reports to counter such misinformation. In recent years, the global surge of misinformation has been amplified by the easy access to technology, making it possible for anyone to spread confusion on social platforms. Nepal has not been immune to this. Due to limited digital literacy, unverified and false information has spread rapidly on social media, deceiving and confusing Nepali users. The lack of education and awareness about the responsible use of social media has further encouraged this trend. In response, TechPana, which had already been covering internet and social media issues, decided to begin publishing fact-checked content in a systematic way.
To address this growing challenge, TechPana formally established its Fact Check Unit on 22 February 2025. Since then, TechPana Fact Check has been regularly publishing fact-check content by following the code of conduct of the International Fact-Checking Network (IFCN). This initiative aims to identify unverified, misleading, and false information and replace it with truthful reporting. TechPana Fact Check functions as a dedicated fact-checking unit within the editorial department. It does not fact-check in support of or against any party, nor does it seek support from anyone. The unit independently and transparently identifies misleading content with evidence and debunks it. No external party is allowed to interfere in this process. Every fact-check published by TechPana clearly includes evidence to ensure transparency, and all fact-checks remain open to verification by readers who follow the outlined procedures.
Before launching the fact-checking initiative, TechPana placed special emphasis on enhancing the capacity of its journalists. In this process, Deepak Adhikari, editor of Nepal Check, provided specialized fact-checking training to TechPana journalists inside its newsroom. TechPana has also actively participated in various workshops on fact-checking. With the support of the IFCN, fact-checkers and trainers Pratyush Ranjan and Ashisha Singh Rajput from the Press Trust of India (PTI) have been conducting hybrid training for TechPana journalists. This six-month program includes both physical and virtual sessions, ensuring professional and practical guidance.
Funding
TechPana Fact Check is an anti-misinformation campaign fully funded by TechPana Media Pvt. Ltd. Established on 18 September 2019, TechPana’s financial management is based on self-investment, and its primary source of income is advertisements. It publishes news in written and video formats on its website, mobile apps, and across various social media platforms. The operational expenses of the TechPana Fact Check team are also covered through advertising revenue. TechPana does not accept donations from any political party, group, or individual.
Non-Partisanship Policy
For the past five years, TechPana has remained committed to impartial reporting. It does not directly or indirectly support any political party, nor does it take sides in national or international disputes. This commitment is clearly reflected in TechPana’s daily reporting. All technology-related news is published with transparent sources, objectivity, and without bias. TechPana continues to ensure that its journalists and fact-checkers strictly follow the journalistic code of conduct.
Journalists and fact-checkers working at TechPana are not allowed to be affiliated with any political party. In general, they are not permitted to do any of the following:
- Campaigning, wearing symbols or attire that represents a political view.
- Participating in any demonstration for a political cause.
- Influencing colleagues or campaigning to vote for a particular political party.
- Sharing political literature in print, digital or any other form or use of company equipment for printing, copying, or communicating political literature or views in any form
TechPana Media Pvt. Ltd.
Mahadevsthan, Koteshwor, Kathmandu, Nepal
Email: [email protected]
For Fact-Check: [email protected]
Phone: 01-5244861
Mobile: 9851044458
Website: techpana.com
Available on Android, iOS, Facebook, X, Instagram, Threads, YouTube, and TikTok
Information Department Registration No.: 1541/76-77
Press Council Registration: 1837-2076/77
Office of the Registrar of Companies: 216858/75/076
Our Team
टेकपानाको फ्याक्ट चेक टिमलाई सम्पादक शिव बस्नेतले नेतृत्व गरिरहेका छन् । उनले फ्याक्ट-चेकिङ अभियानको नेतृत्व गर्दै यसलाई टेकपानाको दैनिक सम्पादकीय गतिविधिको अभिन्न हिस्सा बनाएका छन् । टेकपानामा तथ्य जाँचको दृष्टिकोण, लक्ष्य र समग्र रणनीति निर्धारण गर्ने जिम्मेवारी उनको काँधमा छ ।
दाबीको छनोटदेखि अनुसन्धान सम्पादन, नयाँ फ्याक्ट-चेकरको प्रशिक्षणसम्मका विविध काममा उनी सहभागी भइरहेका हुन्छन् । टेकपानाको फ्याक्ट-चेक टिमले कम्पनीको स्थापित कार्यविधि अनुरूप काम गर्दै पत्रकारको सञ्जालमार्फत स्रोत जुटाउने, तथ्य प्रमाणित गर्ने र फ्याक्टचेक सामग्री तयार पार्ने काम गर्छ ।
टेकपाना प्रविधि क्षेत्रका विविध पक्षबारे आम सर्वसाधारणलाई सरल र बुझिने भाषामा सूचना दिने, सचेत गराउने र देशभित्र प्रविधिका क्षेत्रमा देखिएका वेथिती न्यूनिकरण गर्ने अभियानमा सक्रिय छ । यही उद्देश्यलाई अघि बढाउँदै टेकपानाले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलिने मिथ्या र भ्रामक सूचनालाई न्यूनीकरण गर्न ‘फ्याक्ट चेकिङ’ अभियान सुरु गरेको हो ।
टेकपानाले नेपालमा सामाजिक सञ्जालको प्रयोग र पत्रकारितालाई अझ तथ्यमा आधारित र विश्वासयोग्य बनाउने लक्ष्य लिएको छ । साथै टेकपानाका सबै पत्रकारहरूलाई तथ्य जाँच प्रक्रियामा सक्रिय रूपमा सहभागी गराउन प्रेरित गर्दै आएको छ र त्यसका लागि आवश्यक मार्गदर्शन तथा सहयोग प्रदान गरिरहेको छ ।
----------------------------------------------------------
The Fact-Check Team
The TechPana Fact-Check team is led by Editor Shiva Basnet, who has played a central role in establishing fact-checking as an integral part of TechPana’s daily editorial activities. He is responsible for defining the approach, setting goals, and guiding the overall strategy of fact-checking at TechPana.
Shiva Basnet is actively involved in every aspect of the fact-checking process, from selecting claims to conducting in-depth research and providing training to new fact-checkers. Under his leadership, the team works according to established editorial procedures, which include gathering credible sources through TechPana’s network of journalists, verifying facts, and preparing fact-check reports with accuracy and transparency.
The Fact-Check team is deeply aligned with TechPana’s broader mission of informing the public about the technology sector in simple, clear, and accessible language. By raising awareness and reducing problems caused by misinformation and distortions, TechPana has positioned fact-checking as a vital tool in its campaign for responsible technology journalism.
Through this initiative, TechPana seeks to make both journalism and social media use in Nepal more credible and evidence-based. All TechPana journalists are encouraged to actively participate in the fact-checking process, with the newsroom providing the necessary guidance, support, and resources to strengthen their capacity.
Below are the details of the Techpana Fact Check team:
शिव बस्नेत
शिव बस्नेत टेकपाना मिडियाका समाचार सम्पादक हुन् । पत्रकारितामा करिब डेढ दशकदेखि क्रियाशील उनी तथ्य-जाँच, समाचार कक्ष र सम्पादकीय प्रक्रियाको व्यवस्थापनमा दख्खल राख्छन् । गलत सूचनाको प्रवाह रोक्न र तथ्यपरक समाचार सम्प्रेषण गर्न प्रतिबद्ध बस्नेतले भारतको प्रतिष्ठित समाचार संस्था पीटीआई (प्रेस ट्रस्ट अफ इन्डिया) फ्याक्टचेकबाट प्रदान गरिएको विशेष प्रशिक्षण समेत लिएका छन् । पत्रकारितामा सूचना प्रविधि क्षेत्रलाई मुख्य विधा बनाएका बस्नेतले लिभिङ विथ आईसीटीद्वारा आयोजित आईसीटी अवार्ड कार्यक्रममा 'आईसीटी जर्नालिस्ट अवार्ड २०१७' प्राप्त गरेका थिए । पत्रकारिताका साथै, उनी विभिन्न सूचना प्रविधि सम्बन्धी कम्युनिटी तथा संस्थाहरूमा संलग्न छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर र कानुनमा स्नातक तह उत्तीर्ण गरेका छन् । साथै उनी युनिभर्सल कलेज कलेज, काठमाडौंमा विगत पाँच वर्षदेखि अध्यापनरत छन् ।
रञ्जिता उप्रेती
रञ्जिता उप्रेती विगत तीन वर्षदेखि डिजिटल मिडियामा सक्रिय छिन् । त्रिभुवन विश्वविद्यालयको रत्न राज्य लक्ष्मी क्याम्पसमा स्नातक चौथो वर्षमा अध्ययनरत उनले फिचर लेखन गर्दै आफ्नो पत्रकारिताको यात्रा सुरु गरेकी थिइन् । हाल उनी टेकपानामा स्टार्टअप र शिक्षा क्षेत्रमा कलम चलाइरहेकी छिन् । प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)का प्रशिक्षकहरूबाट तथ्य-जाँचको विशेष तालिम लिएकी उनी टेकपाना फ्याक्ट चेक टिममा आबद्ध रहेर तथ्य-जाँच समेत गर्दै आइरहेकी छिन् ।
हिक्मत आचार्य
हिक्मत आचार्य विगत पाँच वर्षदेखि डिजिटल मिडियामा सक्रिय छन् । आरआर क्याम्पसबाट पत्रकारितामा स्नातक पढ्दै गरेका उनले पर्यटनबाट लेखन थालेका थिए । हाल उनी फ्याक्टचेक, साइबर सुरक्षा, सामाजिक सञ्जाल, स्टार्टअप, फिनटेक जस्ता क्षेत्रमा कलम चलाउँदै आएका छन् । यूएसवाईसी, सीएमआर नेपाल, एएफपी आदिबाट आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल पत्रकारिता र फ्याक्टचेक जस्ता विषयमा आचार्यले विभिन्न प्रमाणपत्र प्राप्त गरेका छन् । यसका साथै उनले प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)का प्रशिक्षकबाट तथ्य जाँचको विशेष तालिम पनि लिएका छन् ।
Methodology
टेकपाना न्युजरुमका सम्पादक र पत्रकार सही, अपुष्ट, सम्भावित भ्रामक तथा मिथ्या सूचनालाई निरन्तर निगरानी गरिरहेका हुन्छन् । हाम्रो टिमले खासगरी नेपालमा बढी प्रयोग हुने सामाजिक सञ्जाल प्लेटफर्ममा शङ्कास्पद सामग्री र मिथ्या सूचना फैलाउने पोस्ट ट्र्याक गर्छ । तथ्य जाँचको लागि सम्भावित दाबीको स्रोत र पहिचान गर्न हामी हाम्रा समाचार विभाग, विज्ञ, तथ्य जाँच टिमका साथै हाम्रा पाठकमा निर्भर छौं । हामी प्रत्येक सम्भावित दाबीको तथ्य जाँचका लागि तल उल्लेखित विधि अपनाउँछौँ ।
१. हामी तथ्यजाँचको सामग्री कसरी चयन गर्छौं ?
टेकपानाको तथ्य जाँच टिम शङ्कास्पद सामग्री वा मिथ्या सूचना भएका दावी पहिचान गर्न आफ्नै पत्रकारको सञ्जालमा निर्भर छ । हाम्रो टिमले दैनिक बैठक गरी कुन दाबीको तथ्य जाँच गर्ने भन्ने विषयमा निर्णय गर्छ, जहाँ दाबीको महत्त्व र प्रभावलाई ध्यानमा राखिन्छ । हामी सधैँ निष्पक्ष रहन्छौँ र कुनै पनि दाबीको तथ्य जाँच गर्दा निम्न कारकहरूलाई आधार मान्छौँ:
-
के यो तथ्य हो वा राय हो ?
-
के यो दावी सार्वजनिक हितमा छ ? के यसले दर्शक तथा पाठकलाई प्रभाव पर्न सक्छ ?
-
के यस जानकारीले कुनै व्यक्ति, समुदाय, समाज वा राष्ट्रका लागि हानिकारक वा खतरनाक परिणाम निम्त्याउन सक्छ ?
-
के यो जानकारी विभिन्न अनलाइन प्लेटफर्ममा व्यापक रूपमा फैलिँदै छ अथवा ध्यान आकर्षित गर्दै छ ?
-
के यो सामग्रीले आम जनमानसलाई भ्रममा पार्न खोजिरहेको छ ?
हाम्रो टिमले सार्वजनिक व्यक्तित्व (जस्तै राजनीतिज्ञ र सेलिब्रेटी) देखि सामाजिक सञ्जाल प्लेटफर्म (एक्स, फेसबुक, टिकटक र ह्वाट्सएप सहित) सम्म गलत सूचनाका सबै सम्भावित स्रोतलाई निरन्तर निगरानी गर्छ । हामी हाम्रो सामाजिक सञ्जालका अकाउन्ट र ईमेलमा आम पाठक, दर्शक वा स्रोताले पेस गरेका दावीलाई पनि समेट्छौं ।
२. दाबीको अनुसन्धान
टेकपाना तथ्य जाँच टिमले संरचित र व्यवस्थित नियम पालना गर्दै दावीको अनुसन्धान र प्रमाणीकरण गर्छ । यस प्रक्रियामा डिजिटल इन्भेस्टिगेटिभ टुल प्रयोग गर्नुका साथै तथ्य उपलब्ध गराउन सक्ने विश्वसनिय स्रोतसम्म पुग्ने प्रयत्न गरिन्छ ।
त्यसमा पनि टेकपाना टिमले कुनै विषय दावी गरिएको हो कि होइन र कुन सन्दर्भमा गरिएको थियो भनेर विस्तृत अध्ययन गर्छ । हाम्रो पत्रकार र विषय विज्ञको सञ्जालले प्रमाण खोजी गर्दै दाबीको वास्तविकता पत्ता लगाउने प्रयास गर्छ । टिमले सबै सम्भावित स्रोत मार्फत दाबीको सत्यता पहिचान गर्न खोज्छ । खासगरी स्रोत पहिचान गर्न हामी यी माध्यम रोज्छौं । तर, यी मात्र सीमित माध्यम भने होइनन् ।
-
सम्बन्धित क्षेत्र/कम्पनी/संस्था/सरकारमा रहेका विज्ञसँगको अन्तर्वार्ता
-
आधिकारिक प्रेस विज्ञप्ति
-
डेटाबेस
-
आधिकारिक प्रतिवेदन (कम्पनी प्रतिवेदन, सरकारी सूचना/फाइलिङ)
-
आधिकारिक सामाजिक सञ्जाल ह्यान्डल
-
विषय विज्ञहरू
-
अन्य (आवश्यकता अनुसार तथ्य प्राप्त गर्ने विविध स्रोतसम्म पुग्न सकिन्छ)
दावी प्रमाणित गर्न टेकपाना तथ्य जाँच टिमले अपनाउने विधि तल दिइएको छ-
क) टेकपाना तथ्य जाँच टिमले विभिन्न समाचर, लेख र दावी परम्परागत रूपमा मानव तथ्य जाँचकीमार्फत प्रमाणीकरण गर्छ । उनीहरूले आफ्नो अनुसन्धानका निष्कर्षसहित समाचारको सत्यता पुष्टि गर्दै फ्याक्टचेक सामग्री तयार गर्छन् ।
त्यसैगरी टिमले इन्टरनेटमा उपलब्ध विभिन्न तथ्य जाँच उपकरण प्रयोग गरी सम्पादन गरिएका तस्वीर, सम्पादित भिडिओ, नक्कली वा भ्रामक पोस्ट, मोर्फ गरिएका ट्वीट आदिलाई स्क्यान गर्दै सत्यता पत्ता लगाउने प्रयास गर्छ ।
ख) गुगल रिभर्स इमेज सर्च, इनभिड, वे ब्याक मेसिन, आर्काइभ टुडे, घोस्ट आर्काइभ जस्ता इन्टरनेट टुलको सूची निकै लामो छ । टेकपाना तथ्य जाँच टिमले भाइरल दावीको अनुसन्धान गर्दा आवश्यकतानुसार यी टुल प्रयोग गर्छ ।
ग) दावी प्रमाणित गर्न र तथ्य पत्ता लगाउन, टेकपाना तथ्यजाँच टिम प्राथमिक वा माध्यमिक स्रोतसम्म पुग्ने प्रयास गर्छ ।
घ) स्रोत/दावीसँग सम्बन्धित कुनै पनि व्यक्ति/अधिकारी वा दावी प्रमाणित गर्न विषयको व्यापक ज्ञान भएको विशेषज्ञसम्म पुग्छ ।
३. निष्कर्ष
माथि उल्लिखित स्ट्यान्डर्ड अपरेटिङ प्रोसेड्योर (एसओपी) अनुसार, टेकपाना तथ्य जाँच टिमले दावी प्रमाणित गर्छ र त्यसलाई सही, अपुष्ट, भ्रामक वा मिथ्याको रूपमा स्पष्ट तरिकाले वर्णन गर्दै निष्कर्ष निकाल्छ ।
प्रमाणीकरण प्रक्रियामा स्रोतको विश्वसनीयता र प्रामाणिकतामा कुनै सम्झौता गरिँदैन । प्रमाण स्थापित भएपछि निष्कर्ष निकालिन्छ र अन्तिम मूल्याङ्कन उक्त सामग्री सत्य, अपुष्ट, भ्रामक वा मिथ्या के हो, स्पष्ट रूपमा लेखिन्छ ।
- सही (True): कुनै दाबी वा भनाइ पूर्ण रूपमा तथ्यका हिसाबले सही छ भन्ने प्रमाणित भएमा यसलाई ‘सही’ भनिन्छ । यसको अर्थ दाबीमा प्रस्तुत गरिएका सबै जानकारी विश्वसनीय स्रोतहरूबाट जाँचिएका छन् र तिनीहरू वास्तविक घटनाहरूसँग मेल खान्छन् भन्ने हो । कतिपय सूचना सही हुँदा हुँदै पनि तिनले अन्योलता सिर्जना गर्न सक्छन् । हामी त्यस्ता सामग्री जाँच गर्छौं ।

- अपुष्ट (Unverified): कुनै दाबी वा भनाइलाई सही वा गलत हो भनेर यकिन गर्न पर्याप्त प्रमाण उपलब्ध नभएको अवस्थामा यसलाई ‘अपुष्ट’ भनिन्छ । यसको अर्थ दाबीको समर्थन वा विरोध गर्ने पर्याप्त जानकारी फेला पार्न सकिएको छैन भन्ने हो । त्यस्ता सामग्रीको निष्कर्शमा हामी ‘अपुष्ट सूचना’ लेख्छौं ।

- भ्रामक (Misleading): कुनै दाबी वा भनाइले मानिसहरूलाई भ्रममा पार्ने वा गलत निष्कर्षमा पुर्याउने गरी प्रस्तुत गरिएको छ भने त्यसलाई ‘भ्रामक’ भनिन्छ । यसमा तथ्यहरूलाई गलत तरिकाले प्रस्तुत गर्ने, महत्त्वपूर्ण जानकारी लुकाउने वा अस्पष्ट भाषा प्रयोग गर्ने जस्ता कार्यहरू समावेश हुन सक्छन् ।

- मिथ्या (False): कुनै दाबी वा भनाइ तथ्यपरक रूपमा गलत प्रमाणित भएमा यसलाई ‘मिथ्या’ भनिन्छ । यसको अर्थ दाबीमा प्रस्तुत गरिएका जानकारी गलत छन् र तिनीहरू वास्तविक घटनाहरूसँग मेल खाँदैनन् । फ्याक्टचेकको सामग्रीमा हामी त्यस्ता दाबीलाई ‘मिथ्या सूचना’का रूपमा उल्लेख गर्छौं ।

४. तथ्य जाँच लेखन
सबै तथ्य जाँच सामग्री टेकपानाको वेबसाइटमा प्रकाशित हुन्छन्, जहाँ प्रत्येक तथ्य जाँचमा दावी र निष्कर्ष स्पष्ट रूपमा उल्लेख गरिएको हुन्छ । सामाजिक सञ्जाल फेसबुकमा हामी पोस्ट बनाएर सामग्रीको लिङ्क कमेन्टमा उपलब्ध गराउँछौं । इन्स्टाग्राम र थ्रेड्समा राखिएको फ्याक्टचेक सामग्रीको लिङ्क लिङ्कइनबायो मा उपलब्ध गराइन्छ । एक्समा भने लिङ्क नै शेयर हुन्छ ।
तथ्य तथा तिनलाई पुष्टि गर्ने प्रमाण पाठकले आफैं प्रमाणित गर्न सकून् र टिमले अपनाउने अनुसन्धान प्रक्रिया बुझ्न सकून् भन्ने उद्देश्यले रिपोर्ट सटीक र पारदर्शी रूपमा प्रस्तुत गरिन्छ । हामी निष्कर्षको स्पष्ट मार्ग कोर्दै गर्दै जानकारीलाई सहज र बुझ्न सरल बनाउन प्रयास गर्छौं । सम्पादकीय टिप्पणी गर्नबाट जोगिंदै, प्रत्येक तथ्य जाँचमा हामी गैर-पक्षपातपूर्ण, तटस्थ र निष्पक्ष अडानको नीति कायम राख्छौं ।
५. अद्यावधिक र सुधार
उपलब्ध जानकारीको गतिशीलतालाई ध्यानमा राख्दै, टेकपाना तथ्य जाँच टिम सधैं नवीनतम समाचार र अद्यावधिकको खोजीमा रहन्छ र आवश्यक परेमा लेख अद्यावधिक गर्छ ।
तथ्य जाँच टिमले सुधार नीति अपनाउँदै त्रुटि भएको अवस्थामा तुरुन्तै स्वीकार गर्छ र भूल सुधार प्रकाशित गर्छ । अद्यावधिक वा सुधार गरिएका सामग्रीमा परिमार्जित जानकारीको विवरणसहित मूल रिपोर्टमा अस्वीकरण समावेश गरिन्छ ।
हाम्रो ईमेल ([email protected]) र हाम्रा आधिकारिक सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन। त्यसबाहेक हामीलाई विभिन्न माध्यमबाट प्रतिक्रिया पनि पठाउन सक्नुहुन्छ ।गर्छौं तथ्यजाँच आवश्यक पर्ने सामग्री पठाउन सक्नुहुन्छ । हामी त्यसको आवश्यकता विश्लेषण गरेर तथ्यजाँच) मार्फत
----------------------------------------------------------
Methodology
The editors and journalists at TechPana’s newsroom continuously monitor accurate, unverified, potentially misleading, and false information. Our team tracks suspicious content and posts spreading misinformation, especially on social media platforms popular in Nepal. We rely on our newsroom, experts, fact-checking team, and readers to identify claims for verification. The following methodology guides our fact-checking process.
1. How do we select content for fact-checking?
TechPana’s fact-checking team relies on its network of journalists to identify suspicious claims or false information. The team meets daily to decide which claims to fact-check, based on the importance and potential impact of the claim. We remain impartial and use the following criteria:
-
Is it a fact or an opinion?
-
Is the claim in the public interest? Could it affect viewers and readers?
-
Could this information cause harm to an individual, community, society, or the nation?
-
Is the information spreading widely online?
-
Is it deliberately misleading the public?
The team monitors sources of misinformation ranging from public figures (politicians, celebrities) to social media platforms such as X, Facebook, TikTok, and WhatsApp. We also consider claims submitted by readers and audiences through social media or email.
2. Investigation of claims
The fact-checking team investigates each claim through a structured process, using digital tools and reaching out to reliable sources for evidence. We study the claim in context, verify whether it was actually made, and evaluate available evidence with support from journalists and subject experts.
The team uses multiple sources to verify information, including:
-
Expert interviews with relevant individuals, organizations, or government representatives
-
Official press releases
-
Databases
-
Company reports and government filings
-
Official social media handles
-
Subject matter experts
-
Other credible sources as required
The verification process includes:
a) The TechPana Fact-Checking Team verifies various news reports, articles, and claims through traditional human fact-checking. They confirm the accuracy of news by presenting their research findings and producing fact-check content.
The team also uses different online fact-checking tools to detect manipulated photos, edited videos, fake or misleading posts, and morphed tweets, in an effort to establish the truth.
b) Use of digital tools to analyze edited or manipulated content, such as altered images, videos, tweets, or posts. Commonly used tools include Google Reverse Image Search, InVid, Wayback Machine, Archive Today, and Ghost Archive.
b) To verify claims and establish facts, the TechPana Fact-Checking Team seeks to reach primary or secondary sources.
c) The team also consults individuals or officials directly related to the claim, as well as subject experts with in-depth knowledge, to confirm accuracy.
3. Conclusion
According to the Standard Operating Procedure (SOP) mentioned above, the TechPana Fact-Checking Team verifies claims and classifies them clearly as True, Unverified, Misleading, or False.
During the verification process, there is no compromise on the credibility or authenticity of sources. Once the evidence is established, a conclusion is drawn, and the final assessment is written clearly, stating whether the content is true, unverified, misleading, or false.
-
True: A claim or statement is marked as True when it is fully supported by facts. This means all information presented in the claim has been verified through reliable sources and matches real events. However, some information, even if correct, may still create confusion. Such content is also examined during the fact-checking process.
-
Unverified: A claim or statement is marked as Unverified when there is not enough evidence to determine whether it is true or false. This means sufficient information to either support or refute the claim could not be found. In such cases, the conclusion is written as Unverified Information.
-
Misleading: A claim or statement is marked as Misleading when it is presented in a way that confuses people or leads them to a wrong conclusion. This may include misrepresenting facts, hiding important information, or using vague language to create a false impression.
-
False: A claim or statement is marked as False when it is proven to be factually incorrect. This means the information presented in the claim is wrong and does not match actual events. In fact-check content, such claims are labeled as False Information.
4. Fact Check Writing
All fact-checks are published on the TechPana website, with each report clearly stating the claim and conclusion. Links are shared across our social media platforms: on Facebook in the comments, on Instagram and Threads via the link in bio, and on X as direct links.
Reports are written transparently, allowing readers to examine evidence and understand the verification process. We maintain neutrality in every fact-check, avoiding editorial commentary and ensuring accessibility and clarity in our conclusions.
5. Updates and Corrections
Because information evolves, the TechPana Fact-Checking Team continuously monitors new developments and updates reports when necessary.
We follow a transparent corrections policy, promptly acknowledging errors and updating reports with disclaimers detailing what has changed.
Readers are encouraged to send feedback or claims for verification via email at [email protected] or through our official social media channels (Facebook, Instagram, TikTok, X, YouTube, LinkedIn). Claims sent to us are reviewed, and if deemed necessary, investigated and fact-checked.
Corrections Policy
टेकपानाको त्रुटि सच्याउने र भुलसुधार गर्ने नीति स्पष्ट र पारदर्शी छ । संख्या, नाम, मिति र गलत उद्धरणसहित सबै तथ्याङ्कगत गल्तीलाई जति सक्दो चाँडो स्वीकार गरी सुधार गरिन्छ । सामग्रीको अन्तिमतिर हामीले के के सच्यायौं, पहिले कुन त्रुटी थियो भन्ने स्पष्ट रूपमा उल्लेख गर्छौं । यो नियम सामान्य टाइपोमा पनि लागू हुन्छ ।
टेकपाना तथ्य जाँच टिम टेकपानाको निष्पक्षता, पारदर्शिता र त्रुटि सच्याउने नीतिमा दृढ विश्वास राख्छ । टिमका सदस्य वकालतमा संलग्न हुँदैनन् वा नीतिगत मुद्दामा आफ्नो विचार सार्वजनिक गर्दैनन् । टेकपाना तथ्य जाँचले दावीको अनुसन्धान, स्रोत र सुधार सम्बन्धी आईएफसीएनको आचारसंहिता, दिशानिर्देश र नीति अनुसरण गर्दछ ।
टेकपाना तथ्य जाँचले टेकपानाको गैर-पक्षीय नीति र पारदर्शी तथ्य जाँच प्रक्रियाहरू पालना गर्छ र प्रत्येक तथ्य जाँच अनुसन्धानको लागि एउटै मापदण्ड प्रयोग गर्छ । टेकपाना डेस्कले प्रत्येक तथ्यको सत्यता पुष्टि गर्न एउटै प्रक्रिया अपनाउँछ । प्रमाणहरू संकलन गरेर अनुसन्धान गरिन्छ, जसले अन्तिम निष्कर्षलाई मार्गनिर्देशन गर्छ ।
टेकपाना तथ्य जाँचले पाठकलाई वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मार्फत जोडिन र टेकपाना तथ्य जाँचका सामग्रीमा आफ्ना गुनासो साझा गर्न प्रोत्साहित गर्छ । डेस्कले दावी र गुनासोको प्रामाणिकतालाई पुन: अनुसन्धान गर्छ । कुनै त्रुटि भएको खण्डमा डेस्कले तुरुन्तै स्वीकार गर्दछ र टेकपानाको सुधार नीति र आईएफसीएनको दिशानिर्देश अनुसार सुधार जारी गर्छ । अद्यावधिक/सुधार गरिएका फ्याक्टचेक सामग्रीका लागि, मूलसामग्रीमा गरिएको परिमार्जन/अद्यावधिक जानकारीको विवरणसहित अस्वीकरण थपिएको हुन्छ ।
----------------------------------------------------------
Corrections Policy
TechPana’s corrections policy is clear and transparent. All factual errors, including numbers, names, dates, and misquotes, are acknowledged and corrected as quickly as possible. At the end of each article, we clearly state what has been corrected, along with the original error. This rule also applies to typographical mistakes.
The TechPana Fact-Checking Team is committed to impartiality, transparency, and accountability in error correction. Team members do not engage in advocacy or publicly express views on policy matters. TechPana Fact-Checking follows the IFCN Code of Principles, along with strict guidelines on researching, sourcing, and correcting claims.
Every fact-check is carried out under TechPana’s non-partisan policy and transparent editorial process. The same standards and criteria are applied to all fact-check investigations. Each claim is verified through evidence gathering, which forms the basis of the final conclusion.
TechPana Fact Check also encourages readers to share feedback and grievances through its website, official social media channels (Facebook, Instagram, TikTok, X, YouTube, LinkedIn), or via email at [email protected]. Any concerns raised are reviewed, and claims are re-investigated when necessary. If an error is found, the desk immediately acknowledges it and issues a correction in line with TechPana’s correction policy and IFCN guidelines. Updated or corrected fact-checks include a disclaimer in the original content, detailing the changes made.
Fact Check English
Kathmandu. For the past few days, a video of a young woman has been going viral on social media. The young woman is seen claiming that she went out onto ...
Kathmandu. In the past few days, posts have been going viral on social media claiming that the CG Group-owned ‘Chandbagh School’ is relocating from Ward No. 3 in Basbari, Kathmandu ...
Kathmandu. In the past few days, a post has gone viral on various social media platforms claiming that CPN-UML MP Padma Aryal made remarks about the Rastriya Swatantra Party (RSP). ...
Kathmandu. Videos claiming that there is preparation to ban Rs 500 and Rs 1000 notes in Nepal are going viral on social media. According to the article, Dr. Swarnim Wagle, ...
Kathmandu. A video of U.S. President Donald Trump has gone viral on social media, where Trump is heard expressing confidence that Nepal's new government will pass the 'State Partnership Program' ...
Kathmandu. A hashtag campaign has started on social media regarding the death of a 16-year-old Inisha BK of Surkhet. It is alleged that BK was raped and murdered last Saturday. ...
