काठमाडौं । सेमी कन्डक्टर अर्थात् कम्प्युटर तथा ल्यापटप लगायतका डिभाइसको प्रोसेसर उत्पादनमा ख्याति कमाएको कम्पनी इन्टेलले आफ्नो लोगो परिवर्तन गरेको छ । कम्पनीले सन् २००६ पछि पहिलो पटक आफ्नो लोगो परिवर्तन गरेको हो ।
योसँगै साधारण लोगो प्रयोगमा ल्याउने विश्वका ठूलो कम्पनीको सूचीमा इन्टेल पनि परेको छ । यस अघि सन् १९६८ बाट सञ्चालनमा आएको कम्पनीले सन् २००६ मा कम्पनीको लोगो परिवर्तन गरेको थियो ।
इन्टेलको पुरानो लोगाइन्टेलको नयाँ लोगो
इन्टेलले सने १९६८ देखी २००६ सम्म प्रयोग गरेको लोगो
सन २००६ मा परिवर्तन गरिएको लोगो आधुनिक परिवेशसँग मिल्ने खालको डिजाइन थियो । तर, कम्पनीले उक्त लोगोलाई छाडेर आफ्नो स्थापनाकालको लोगोसँग मेल खाने लोगो नै प्रयोगमा ल्याएको छ ।