close

मोबाइलमा फोन नम्बर डिलिट हुँदा रिस्टोर गर्ने तरिका

टेकपाना टेकपाना

भदौ ८, २०७८ २१:१२

मोबाइलमा फोन नम्बर डिलिट हुँदा रिस्टोर गर्ने तरिका

काठमाडौं । कहिलेकाहिँ कारणवस स्मार्टफोनमा रहेका सयौं सम्पर्क नम्बर गायब हुन पुग्छन् । जसले निकै तनाव दिने गर्दछन् ।

फोन हराउँदा, चोरी हुँदा वा बिग्रिएर अर्को मोबाइल प्रयोग गर्नुपर्ने अवस्थामा कतिपय प्रयोगकर्ताले यस्तो समस्याको सामना गरिरहेका हुन्छन् । यस्तो अवस्थामा हरेक व्यक्तिको नम्बर पुनः खोजेर एक-एक गरेर सेभ गर्नु साँच्चिकै अर्को झन्झटको काम हुन पुग्छ ।

यदि तपाईंको मोबाइलबाट पनि महत्वपूर्ण सम्पर्क नम्बरहरु डिलिट भएका छन् भने गुगलको सहयोगमा सहजै ती नम्बर रिस्टोर गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले आफ्नो कन्ट्याटलाई गुगल ड्राइभमा ब्याकअप गरेको भने हुनुपर्दछ ।

यदि तपाईंले अहिले प्रयोग गरिरहेको मोबाइलमा कन्ट्याक्टको ब्याकअप राख्नुभएको छैन भने तुरुन्त प्रयोग गरिहाल्नुहोस् । तपाईं गुगलमा स्मार्टफोन वा सिम कार्डमा सेभ भएका कन्ट्याक्टको ब्याकअप राख्न सक्नुहुन्छ ।

यसो गरिसकेपछि तपाईंको फोन हरायो वा चोरी भयो भने अथवा नयाँ फोन लिनुभयो भने सहजै ती कन्ट्याक्टलाई रिस्टोर गर्न सक्नुहुनेछ । कुनै पनि एउटा एन्ड्रोइड डिभाइसबाट अर्कोमा पुराना कन्ट्याक्ट रिस्टोर गर्न सकिन्छ ।

यस्तोमा जरुरी कन्ट्याक्ट डिलिट हुँदा समेत हैरान हुनुपर्दैन । तपाईंलाई आज हामी गुगलमा कन्ट्याक्ट स्टोर तथा रिस्टोर कसरी गर्ने भन्ने बारेमा बताउँदै छौं ।

कन्ट्याक्ट एक्सपोर्ट गर्नुहोस्

  • सुरुमा आफ्नो एन्ड्रोइड स्मार्टफोन वा ट्याब्लेटको कन्ट्याक्टमा जानुहोस् ।
  • त्यहाँ माथि दायाँ भागमा रहेको मेनुमा ट्याप गर्नुहोस् र सेटिङमा प्रवेश गर्नुहोस् ।
  • त्यसपछि तपाईंले एक्सपोर्टको अप्सन देख्न सक्नुहुनेछ । यसमा तपाईंले कुन अकाउन्टबाट कन्ट्याक्टको ब्याकअप लिने भनेर छनौट गर्न पनि सक्नुहुनेछ ।
  • त्यसपछि एक्सपोर्ट टू भीसीएफ फाइलमा ट्याप गर्नुहोस् ।
  • यति गरेसँगै तपाईंको कन्ट्याक्टको ब्याकअप तयार हुनेछ ।

अटोमेटिक ब्याकअप अन गर्नुहोस्

  • तपाईं नयाँ स्मार्टफोनमा गुगल अकाउन्ट सेटअप गरिरहनु भएको छ भने गुगलले तपाईंलाई फोनको डेटालाई गुगल ड्राइभमा ब्याकअप लिन चाहनुहुन्छ भनेर सोध्ने गर्दछ । यसमा तपाईंले टोगल अन राख्नुपर्ने हुन्छ ।
  • त्यस बाहेक आफ्नो फोनको सेटिङबाट समेत यसलाई बदल्न सक्नुहुनेछ । आफ्नो एन्ड्रोइड फोनको सेटिङ अन गर्नुहोस् ।
  • त्यसपछि सिस्टममा गएर ब्याकअपमा दबाउनुहोस् । यहाँ ब्याकअप टु गुगल ड्राइभको अगाडि रहेको टोगल अन राख्नुहोस् ।

रिस्टोर गर्ने कसरी ?

  • यसका लागि सबैभन्दा अगाडि फोनको सेटिङमा जानुहोस् ।
  • अब गुगलमा ट्याप गर्नुहोस् ।
  • त्यहाँ सर्भिसभित्र तपाईंले रिस्टोर कन्ट्याक्ट्स अप्सन देख्नुहुनेछ । यदि तपाईंले कयौं अकाउन्टबाट फोनमा लगइन गरिराख्नु भएको छ भने डिभाइसले तपाईंलाई कुन अकाउन्टबाट रिस्टोर गर्न चाहनुहुन्छ भनेर सोध्ने गर्दछ ।
  • त्यसपछि अकाउन्टसँग लिङ्क भएका ती पुराना कन्ट्याक्टमा ट्याप गर्नुहोस्, जसलाई तपाईं कपी गर्न चाहनुहुन्छ ।
  • यहाँबाट तपाईंले सिम कार्ड वा डिभाइस स्टोरेज अप्सन पाउनुहुनेछ ।
  • अब रिस्टोरमा ट्याप गर्नुहोस् र केही बेरमा तपाईंका कन्ट्ययाक्ट रिस्टोर भएको देख्न सक्नुहुनेछ ।
  • यसको अर्को राम्रो पक्ष के छ भने फोनमा त्यसअघि नै सभे भएका कन्ट्याक्ट दोहोरिने गरी फेरी रिस्टोर हुँदैनन् । जसले गर्दा फोन नम्बर डुप्लिकेसनको समस्या पनि रहने छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१