close

अतिरिक्त शिक्षाकालागि ‘ब्याम्बिनोस’, यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

भदौ ११, २०७८ १३:५८

अतिरिक्त शिक्षाकालागि ‘ब्याम्बिनोस’, यसरी हुनुहोस् सहभागी

काठमाडौं । कोभिड–१९ का कारण लागू गरिएको लकडाउनका तथा निषेधाज्ञाका कारण लामो समय देखी विद्यालयहरू बन्द रहेका छन् । यस्तोमा अवस्थामा विद्यार्थीकालागि आवश्यक पर्ने अतिरिक्त शिक्षाका उपलब्ध गराउने उद्देश्यका साथ ‘ब्याम्बिनोस’ सुरु भएको छ । ब्याम्बिनोस  सन् २०२० मा अतिरिक्त शिक्षाका लागि स्थापना गरिएको डिजिटल प्लेटफर्म हो ।

जसमा तीन वर्ष देखी १५ वर्ष सम्मको बालबालिकालाई लक्षित गरि विभिन्न विषयसँग सम्बन्धित अध्ययन सामाग्री उपलब्ध गराइएको छ । एक्सप्लोरर विङ्ग्स प्रालिले यसलाई नेपालमा भित्र्याएको हो । नेपाली विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले यसको सुरुवात गरेको जनाएको छ ।

जसमा बक्तित्वकला, रचनात्मक लेखन, अबाकस, कला, संगीत, नैतिक शिक्षा, फिटनेस शिक्षा जस्ता विषयलाई लक्षित गरेर सयभन्दा बढि कोर्स समावेश गरिएको छ ।

कोभिड–१९ महामारीका कारण अहिले बालबालिकाहरू बिच अन्तरक्रिया हुन सकेको छैन् । यस्तोमा वैकल्पिक माध्यम प्रभावकारी हुने विश्वास कम्पनीको छ । कम्पनीका अनुसार धेरै निजी तथा सार्वजनिक विद्यालयमा अतिरिक्त शिक्षा अझै पनि कमजोर रहेको छ । अहिलेको अवस्थामा ज्ञानमात्रै प्रतिस्पर्धाका लागि पूर्ण छैन् । त्यो हुँदा यस खालका पाठ्यक्रम विकास गरिएको हो ।

जसमा विद्यार्थीलाई विषय विज्ञ व्यक्तिबाट अध्ययनका लागि अवसर प्रदान गरिनेछ । साथै प्लेटफर्मले ३ देखि १५ वर्ष सम्मको बालबालिकालाई स्कुल पछिको क्रियाकलाप जस्तै ट्युसन, अतिरिक्त क्रियाकलापमा सहभागी हुन मद्दत गर्नेछ । यो प्लाटफर्म हाल विश्वका १० भन्दा बढि देशमा उपलब्ध रहेको जनाइएको छ ।

जसमा जोडिनका लागि ब्याम्बिनोसमा गएर अकाउन्ट बनाउनुपर्ने हुन्छ । जहाँ तपाईंले कक्षा छनोट गरि अनलाइन ‘क्लास’ बुक गर्न सक्नुहुनेछ । सुरुवातको दुई ओटा डेमो कक्षा निःशुल्क हुने भएता पनि त्यसपश्चात् भने शुल्क बुझाउनु पर्ने कम्पनीले जनाइएको छ ।
  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१