close

असुसको टीयूएफ गेमिङ क्याप्चर बक्स नेपाली बजारमा, फोरके क्वालिटीमा गेम रेकर्ड गर्ने

टेकपाना टेकपाना

भदौ १२, २०७८ १४:३७

असुसको टीयूएफ गेमिङ क्याप्चर बक्स नेपाली बजारमा, फोरके क्वालिटीमा गेम रेकर्ड गर्ने

काठमाडौं । गेमरहरूका लागि आफ्नो गेम रेकर्ड गर्न अथवा सहजै अनलाइन प्रसारण गर्न सहज होस् भन्ने उद्देश्यले असुसले उत्पादन गरेको असुस टीयुएफ गेमिङ क्याप्चर बक्स-सीयु फोरके ३० नेपाली बजारमा पनि आएको छ ।

नेपालमा नागमणी इन्टरनेशनलले बिक्री गरिरहेको यो गेमिङ क्याप्चर बक्सले फोरके भिडिओ ६० हर्ज, टुके भिडियो १४४ हर्ज र फूल एचडी भिडिओ २४० हर्जसम्म सपोर्ट गर्ने कम्पनीले जनाएको छ ।

यस क्याप्चर बक्समा टाइप-सी युसबी सपोर्ट गर्छ भने यसमा भिडिओ आउटपुट, अडियो इन्पुट र अडियो आउटपुटका लागि एचडीएमआई २.० प्रयोग भएको छ ।

यसमा अधिकतम १४४० पिक्सेलसम्मको भिडिओ रेकर्ड र स्ट्रिमिङ गर्न मिल्छ । कन्सोल पार्टी अथवा सोलो लाइभको कमेन्ट्रीको लागि यस गेमिङ क्यापचर बक्समा ३।५ एमएमको ज्याक प्रयोग गर्न सकिन्छ ।

हेडसेटको कनेक्सनबाट सजिलै आफ्ना पार्टीका अन्य सदस्यहरूसँग स्पष्ट आवाजमा कुरा गर्न सकिन्छ भने अडियन्सको लागि पनि यसले उत्कृष्ट आवाज प्रसारण गर्दछ ।

नेपाली बजारमा यसको मूल्य ४२,२२२ रुपैयाँ रहेको छ ।

यसबारे थप बुझ्न यहाँ क्लिक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१