close

एप्पल डिभाइसमा फोटो र भिडिओलाई यसरी गर्नुहोस् नियन्त्रण

टेकपाना टेकपाना

भदौ १५, २०७८ १०:३९

एप्पल डिभाइसमा फोटो र भिडिओलाई यसरी गर्नुहोस् नियन्त्रण

काठमाडाैं । एप्पलका डिभाइसहरूमा भएको मेमोरी फिचरमा पुराना फोटोहरू देखिने सुविधा छ । हरेक दिन तपाईंले गत वर्ष वा सोभन्दा अगाडिका वर्षमा सोही मितिमा खिच्नु भएका फोटोहरू ‘मेमोरी’ मा आउने गर्छन् ।

आफ्ना पुराना फोटो देख्दा कसैलाई रमाइलो लाग्न सक्छ भने कसैलाई यो नआइदिए हुन्थ्यो भन्ने लाग्न सक्छ । यस्तो अवस्थामा तपाईंले नरुचाएका मेमोरीलाई नियन्त्रण गर्ने अप्सन एप्पलमा डिभाइसमा दिइएको छ । 

आईओएस १४ मा मेमोरी नियन्त्रण गर्ने तरिका (आईओएस १४)

  • तपाईंले हेर्न नचाहेको फोटो/भिडिओ मेमोरीमा देखियो भने उक्त फोटो/भिडिओलाई लामो समयसम्म थिच्नुहोस् र फोटोको तल देखिने ‘Suggest Fewer Memories Like This’ अर्थात यस्ता यादहरु कम सुझाव गर्नुहोस् भन्ने बटनमा थिच्नुहोस् । 
  • त्यसैगरी फोटोको ‘For You’ सेक्सनमा गएर त्यहाँ देखिएको फोटो अथवा भिडिओलाई केहीबेर थिच्दा ‘रिमुभ शेयरिङ सजेसन’ (शेयरिङ सुझाब हटाउनुहोस्) भन्ने अप्सनमा क्लिक गरी तपाईंले मेमोरी नियन्त्रण गर्न सक्नुहुनेछ । 
  • नयाँ मेमोरी सम्बन्धी नोटिफिकेसन बन्द गर्नका लागि भने सेटिङ एपमा जानुहोस् ।
  • नोटिफिकेसनमा गएर फोटोमा क्लिक गरी त्यहाँ भएको मेमोरी अप्सनमा गई ‘allow notification’ अप्सनलाई डिसेबल गर्नुहोस् । 
  • यदि तपाईंले मोबाइलको होमस्क्रिनमा फोटो विजेट जोड्नुभएको छ भने फिचर्ड फोटो कलेक्सनमा भएको फोटो त्यहाँ देखाउन सक्छ । यसलाई हटाउनका लागि फिचर फोटोलाई लामो समयसम्म क्लिक गरिरहनुहोस् जहाँ ‘रिमुभ फ्रम फिचर्ड फोटो’ भन्ने म्यासेज पपअप हुन्छ । त्यसमा क्लिक गरेर मेमोरी नियन्त्रण गर्न सकिन्छ । 

आईओएस १५ मा मेमोरी नियन्त्रण गर्ने तरिका 

आउँदै गरेको आईओएस १५ को अपग्रेडिङ सिस्टममा फिचर फोटोको लागि व्यक्ति विशेषलाई राख्ने र हटाउने फिचर थपिएको छ । 

  • फोटो एप खोलेर एल्बम आइकनमा क्लिक गर्नुहोस् । 
  • स्क्रिनको बीच भागमा देखिने ‘पिपुल एन्ड प्लेस’ को तल रहेको ‘पिपुल’ बटनमा क्लिक गरी तपाईंले मेमोरी परिवर्तन गर्न चाहनुभएको व्यक्तिको फोटोमा क्लिक गर्नुहोस् । 
  • स्क्रिनको माथि दाहिनेतर्फ रहेको तीन वटा डटमा क्लिक गर्नुहोस्, त्यहाँ पप-अप मेन्यु देखिन्छ । जसले तपाईंलाई कुनै व्यक्तिलाई फिचर गर्ने अथवा हटाउने विकल्प दिन्छ । 
  • त्यसपछि ‘फिचर दिस पर्सन लेस’ बटनमा क्लिक गर्नुहोस्, जहाँ कसैको फोटो ‘कम फिचर गर्ने’ वा सो फोटो ‘मेमोरीबाट पुरै हटाउने’ भन्ने दुई अप्सन भेटिन्छन् । आफ्नो आवश्यकता अनुसारको अप्सनमा क्लिक गर्नुहोस् । 
  • त्यस्तै यदि तपाईंले ‘रिमुभ दिस पर्सन फ्रम पिपुल’ मा क्लिक गर्नुभयो भने एल्बम रिसेटको लागि सुझाव आउँछ र हटाइएको व्यक्तिको फोटो सबै मेमोरीबाट खाली हुन्छ । 

म्याकमा मेमोरी नियन्त्रण गर्ने तरिका 

  • फोटोमा दाहिनेतर्फ क्लिक गर्नुहोस् र ‘Suggest Fewer Memories Like This’ अप्सनमा क्लिक गर्नुहोस् । अब तपाईंले यस्ता किसिमका कम रिमाइन्डर प्राप्त गर्नुहुन्छ ।
  • त्यस्तै नयाँ मेमोरीको नोटिफिकेसन बन्द गर्नका लागि फोटो मेन्युमा गएर स्क्रिनको बाँयातर्फ माथि देखिने ‘प्रिफरेन्स’ मा क्लिक गर्नुहोस् । 
  • जेनेरल ट्याब अन्तर्गतको ‘शो मेमोरिज नोटिफिकेसन’ र ‘ शो होलिडे इभेन्ट’ लाई अनचेक गर्नुहोस् । 

-द भर्जबाट ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१