close

ग्राहकलाई निःशुल्क भौचर प्रदान गर्न दराजले ल्यायो ‘जेम्स’

टेकपाना टेकपाना

भदौ २३, २०७८ १०:५२

ग्राहकलाई निःशुल्क भौचर प्रदान गर्न दराजले ल्यायो ‘जेम्स’

काठमाडौं । ईकमर्स प्लेटफर्म दराजले ‘दराज जेम्स’ सार्वजनिक गरेको छ । ग्राहकलाई हरेक दिन दराज एपमार्फत भौचर जित्ने अवसरसहित कम्पनीले यसको सुरुवात गरेको हो ।

दराज एप निरन्तर रुपमा चलाइरहेका ग्राहकका लागि इनाम उपलब्ध गराउने उदेश्यका साथ जेम्स सुरुवात गरिएको हो ।

ग्राहकले जेम्स कलेक्ट गरी भौचरका लागि रिडिम गर्न सक्नेछन् । त्यो भाैचर सामान खरिद गर्दा छुट पाउन प्रयोग गर्न सकिनेछ । कम्पनीका अनुसार ग्राहकले तीन फरक तरिकाबाट जेम्स कमाउन सक्नेछन् ।

जसमा पहिलो, दराज एपमा हरेक दिन लगइन गरी जेम्स कलेक्ट हुनेछ । त्यस्तै दराजबाट सामान खरिद गरी वा एड टु कार्ट, फलो द स्टोर जस्ता डेली मिसन पुरा गरेर दराज जेम्स प्राप्त गर्न सकिने छ ।

यो सुविधा दुवै एन्ड्रोइड र आईओएस प्लेटफर्ममा उपलब्ध छ । नयाँ सुविधा प्राप्त गर्न ग्राहकले आफ्नो दराज एप अपडेट गर्नुपर्ने छ ।

दराज जेम्सको भरपुर उपयोग गर्न ग्राहकले हरेक दिन दराज एपमार्फत दराज जेम्सको होम पेजमा जानु पर्नेहुन्छ । त्यहाँ ग्राहकले जेम्स कलेक्ट मात्र नभई आफूसँग भएको जेम्सको मात्रा हेर्न पाउनेछन् साथै ती जेम्सलाई भाैचरको लागि रिडिम पनि गर्न पाउनेछन् ।

दराज जेम्सको सबैभन्दा राम्रो सुविधा भनेको यो प्राप्त गर्न एकदमै सरल र सजिलो छ ।

प्रयोगकर्ताहरु सजिलैसँग दराज एपमा दैनिक लगइन गरेर दिइएको जेम्स कलेक्ट गरेर आफ्नो जेम्सको संख्या ४०० गुणा कमाउन सक्ने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५