close

ओप्पो ह्याक २०२१ सम्पन्न

टेकपाना टेकपाना

भदौ २४, २०७८ ७:४४

ओप्पो ह्याक २०२१ सम्पन्न

काठमाडौं । ओप्पोले भर्खरैमात्र ‘ओप्पो ह्याक २०२१’ कार्यक्रम सम्पन्न गरेको छ । प्राविधिक उद्यमीहरूको आवश्यकता अनुसार संसाधन तथा सञ्जाल विस्तारमा सघाउने तथा विभिन्न व्यवसायिक संस्थाहरूसँग जोड्ने उद्देश्यका साथ यो कार्यक्रम अघि बढाइएको हो ।

जुन महिनादेखि सुरु भएको उक्त कार्यक्रममा विश्वभरका उद्यमी तथा प्राविधिसँग सम्बन्धित व्यक्ति तथा संस्थाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा चीन, हङकङ, संयुक्त राज्य अमेरिका, क्यानडा, सिंगापुर, ब्राजिल, बेलायत, भारतलगायत अन्य २० देश तथा क्षेत्रबाट परियोजनाहरू प्राप्त भएको कम्पनीले जनाएको छ ।

जसमा पाँच सयभन्दा बढी व्यक्ति तथा टोलीहरूले ६० भन्दा बढी योग्य परियोजनाका साथमा प्रारम्भिक चरणमा प्रवेशका लागि साइनअप गरेका थिए ।

तीमध्ये उत्कृष्ट ११ परियोजना फाइनलका लागि छनोट भएका थिए । प्रतियोगीलाई सिडिङ ग्रुप र ग्रोइङ ग्रुपका विभाजन गरिएको थियो ।

दुई प्रतिस्पर्धी समूहमध्येबाट जम्मा ६ स्टार्टअप समूहलाई सम्मानित गरिएको छ ।

सम्मानित हुनेहरूमा सिडिङ ग्रुप अन्तर्गत ‘आक्र्ड क्ववेस्ट’ पहिलो भएको छ । त्यस्तै ‘च्याम्प’, ‘क्लिक’, ‘डेटा गो’ क्रमश: दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन् ।

त्यस्तै ग्रोइङ ग्रुप अन्तर्गत ‘इन्साइट जीजी’ र ‘भोग लज’ क्रमश: पहिलो र दोस्रो भएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५