close

२०० वाट फास्ट चार्जिङ भएको स्मार्टफोन ल्याउँदै साओमी

टेकपाना टेकपाना

भदौ २६, २०७८ ८:२

२०० वाट फास्ट चार्जिङ भएको स्मार्टफोन ल्याउँदै साओमी

काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनीको साओमी मिक्स सिरिजले सँधै मोबाइलको डिजाइनमा जोड दिने गरेको पाइन्छ । विगत केही वर्षयता साओमीको यो सिरिजले फुल-स्क्रिन डिस्प्ले सहित पावरफुल चिप उपलब्ध गराउँदै आएको छ ।

सन् २०१८ मा साओमी एमआई मिक्स सिरिजले राम्रो बजार लिएपछि यसको नयाँ सिरिज सार्वजनिक हुन समय लाग्यो । तीन वर्षको अन्तरालमा साओमीले हालै मिक्स ४ सार्वजनिक गरेको छ ।

मिक्स सिरिजका अन्य स्मार्टफोनहरू जस्तै मिक्स ४ पनि फुल-स्क्रिनमा उपलब्ध छन् । जसमा नयाँ क्यामेरा प्रविधि प्रयोग गरिएको छ । स्क्रिन भित्रै क्यामेरा रहेको (अन्डर डिस्प्ले क्यामेरा) प्रविधिले गर्दा मिक्स थ्रीको जस्तो मेकानिकल स्लाइडको आवश्यकता पर्दैन ।

पछिल्लो समय स्मार्टफोन उत्पादक कम्पनीहरू प्राविधिक रुपमा हस्तक्षेप गर्ने स्तरमै उत्रिने गरेका छन् । मिक्स सिरिजको नयाँ ट्रेन्डले धेरै सुधार ल्याएको छ । अन्डर डिस्प्ले टेक्नोलोजीमा आधारित नयाँ स्क्रिनको सुन्दरता अत्यन्तै राम्रो छ ।

यो प्रविधिका लागि कम्पनीले ५० करोड युआन अर्थात् सात करोड ७० लाख अमेरिकी डलर (करिब नौ अर्ब आठ करोड ६० लाख रुपैयाँ) खर्चिएर अनुसन्धान गरिएको थियो । कम्पनीले क्यामेराको शुटिङ प्रभाव पनि बढाउन सफल भएको छ ।

अन्य कम्पनीको क्यामेरा प्रविधिमा भएका सुधारको तुलनामा साओमीको डिस्प्ले राम्रो छ । साओमी एम्आई मिक्स ५ मा टुके क्यामेराको प्रयोग हुन सक्ने, शुटिङ क्वालिटी बढाउँदा स्क्रिन रेजोलुसन घट्छ ।

साओमीले अन्डर-डिस्प्ले क्यामेराको क्वालिटी बढाएको छ । तर यसले गर्दा स्क्रिन रेजोलुसन भने घट्ने भएको छ । मिक्स सिरिजमा भएको यो परिमार्जनले भने धेरैलाई निराश बनाउन सक्छ ।

साओमी एमआई मिक्स ५ मा भने कम्पनीले यो समस्यामा सुधार ल्याउने अपेक्षा गरिएको छ । एक अनुसन्धानका अनुसार साओमीका आगामी सिरिजहरूमा स्क्रिन रेजोलुसनमा थप सुधार आउन सक्ने अपेक्षा गरिएको छ ।

साओमीको एमआई मिक्स फोरमा भएको टुके क्यामेरा रेजोलुसनमा पनि बढावा हुनसक्ने जनाइएको छ । यसर्थ मिक्स ५ मा अन्डर-स्क्रिन टेक्नोलोजी थप राम्रो हुने अनुमान गरिएको छ ।

स्क्रिन र क्यामेरामा कुन छान्ने भन्ने विकल्प भने हुने छैन । यटसीडीएसका अनुसार मिक्स ५ सिरिजमा २०० वाटको फास्ट चार्जिङ सिस्टम रहनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५