close

क्रिप्टोकरेन्सी बजारमा यसरी मूल्यवान बन्दैछ कार्डानो

टेकपाना टेकपाना

भदौ २५, २०७८ २१:४८

क्रिप्टोकरेन्सी बजारमा यसरी मूल्यवान बन्दैछ कार्डानो

काठमाडौं । क्रिप्टोकरेन्सीको बजारमा कार्डानो प्लेटफर्मको मूल्य अत्यधिक बढ्ने सम्भावना देखिएको छ । कार्डानोको भर्चुअल मुद्रा एडीएको मूल्य सन् २०२१ मा एक हजार प्रतिशतले बढेको छ, जुन बिट्क्वाइन र इथरको भन्दा पनि बढी हो ।

गएको अगस्ट २६ मा कार्डानोको मूल्य १९ प्रतिशतले बढेको थियो । त्यसपश्चात् बाइनान्स कोइनलाई पछि पार्दै विश्वैकै मूल्यवान क्रिप्टोकरेन्सीको सूचीमा कार्डानो तेस्रो स्थानमा रहन सफल भएको छ ।

बिटक्वाइन र डिजिटल करेन्सी सम्बन्धी न्युज पोर्टल कोइनडेस्कका अनुसार कार्डानो वातावरण मैत्री भएका कारण यसको मूल्य अझै बढ्दै जाने सम्भावना रहेको छ । जब टेस्लाका सीईओ एलन मस्कले कम्पनीमा बिट्क्वाइनबाट हुने काराेबार बन्द गर्ने घोषणा गरेसँगै विश्व क्रिप्टोकरेन्सी बजार खर्बौं डलरले घटेको थियो ।

यद्यपि यो अवस्थामा पनि एडीए आफ्नो ब्लकचेन प्रोटोकलका कारण बजारमा टिकिरहन सफल भएको थियो । कार्डानो कुनै सुपर कम्प्युटरमा आधारित क्रिप्टोकरेन्सी होइन ।

यसले माइनर (बिटक्वाइन माइनिङ गर्ने व्यक्ति) को कम्प्युटरको प्रोसेसिङ पावर भन्दा पनि माइनरसँग भएको कोइनको प्रतिशतलाई प्राथमिकता दिन्छ । बिटक्वाइन नेटवर्कमा प्रयोग हुने पावरमा कार्डानोले ०.०१ प्रतिशत भन्दा पनि कम पावर खपत गर्ने गरेको कार्डानोका संस्थापक चार्लस हस्किन्सन बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५