काठमाडौं । अब खल्ती डिजिटल वालेटको माध्यमबाट पाँच लाख रुपैयाँसम्मको बिजुलीको शुल्क तिर्न सकिने भएको छ ।
सर्वसाधारण, साना, मझौला तथा ठूला उद्योगहरुलाई पाँच लाख रुपैयाँसम्मको विद्युत महसुल वालेटबाट तिर्न सकिने गरी खल्तीले नेपाल विद्युत प्रधिकरणसँग सम्झौता गरेको छ ।
सम्झौता पत्रमा नेपाल विद्युत प्राधिकरणका तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप-कार्यकारी निर्देशक मनोज सिलवाल र खल्ती डिजिटल वालेटका प्रबन्धक जोनाम भूर्तेलले हस्ताक्षर गरेका थिए ।
खल्ती एपको होमपेजमा रहेको ‘इलेक्ट्रिसिटी’ आइकनमा गई सम्पूर्ण विवरण दाखिला गरिसकेपछि ‘गेट डिटेल्स’ बटनमा ट्याप गरी बिहान १० देखि मध्यरात १२ बजेसम्म विद्युत महसुल भुक्तानी गर्न सकिने जनाइएको छ ।
विद्युत प्राधिकरण सँगको यो सहकार्यले विद्युत महसुल तिर्न काउन्टर धाइरहनु पर्ने झन्झटलाई न्यूनीकरण गर्न तथा खल्तीको आधुनिक सुविधाद्वारा सेवाग्राहीको समय बचत गर्न थप योगदान पुर्याउने विश्वास रहेको खल्ती डिजिटल वालेटका प्रबन्धक भूर्तेलले बताए ।