काठमाडौं । नेपालमा पछिल्लो समय लोकसेवा आयोग पास गरी निजामती सेवा तथा विभिन्न क्षेत्रका सरकारी वा सार्वजनिक संस्थानमा जागिर खान लामो समयदेखि तयारी गर्नेहरू धेरै छन् ।
विभिन्न सरकारी वा सार्वजनिक संस्थानमा रिक्त हुने पदका लागि पदपूर्ति गर्दा लोकसेवा आयोगले लिने परीक्षालाई अनिवार्य गरिएको छ । आयोगले लिने परीक्षाका लागि विभिन्न शैक्षिकरप्रशिक्षण संस्थाहरुले भौतिक रुपमा नै कक्षा सञ्चालन गरी विद्यार्थीहरुलाई तयारी कक्षा लिँदै आएका छन् ।
तर हाल विद्यमान कोभिड १९ महामारीका कारण यस्ता शिक्षण संस्था बन्द गर्नुपर्ने बाध्यताले गर्दा नयाँ प्रविधिको प्रयोग गरी भर्चुअल क्लासमार्फत त्यस्ता तयारी कक्षा सञ्चालन गर्ने गरेको देख्न सकिन्छ ।
सबै विद्यार्थीहरुले कक्षा लिनुपर्ने नै भन्ने हुँदैन, तर आफूलाई आत्मविश्वास बढाउन पनि लोकसेवा तयारी गर्नेहरु यस्ता कक्षाहरु लिन चाहन्छन् । यसका अलावा विभिन्न वेबसाइट पनि यस्ता क्रियाकलापलाई सहयोग पुर्याउने उद्वेश्यका साथ लागि परिरहेका छन् ।
यसैबीच वेबसाइटमध्ये नेपाली लाेकसेवा डटकम लोकसेवा आयोग तयारी गर्नेहरुकै लागि सहयोग पुर्याउने गरी यही वर्षको असार महिनाबाट सञ्चालनमा आएको हो ।
यस वेबसाइट डाइनामिक सोलुसन प्रालिले सञ्चालनमा ल्याएको हो भने सोबिज ट्रेन्ड टेक्नोलोजीले विकास गरेको हो ।
लोकसेवा तयारी गर्ने विद्यार्थीहरुलाई अध्ययन गर्न सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरिएको यस वेबसाइटमा विभिन्न अध्ययन सामाग्रीहरु पोष्ट हुँदै आइरहेका छन् ।
भविष्यमा विभिन्न विषयसम्बन्धी अध्ययन सामाग्रीहरुलाई समेत समेट्ने गरी सार्वजनिक भएको यस वेबसाइटमान मुख्य फिचरको रुपमा अनलाइन टेस्टको बेटा भर्सन पनि हालै मात्र सार्वजनिक गरेको छ ।
यसबाट लोकसेवा तयारी गर्ने विद्यार्थीहरुले सामान्य ज्ञान (जनरल नलेज) अन्तर्गत पाठअनुसार र पाठ्यक्रमअनुसार अनलाइन टेस्ट गर्न सक्नेछन् ।
‘अनलाइन टेस्ट’ पश्चात आफूले हल गरेका प्रश्नहरुको सही उत्तर सहितको ‘आन्सर शिट’ र विस्तृत विवरणसहितको ‘रिजल्ट शिट’ पनि हेर्न तथा पीडीएफ फाइलसमेत डाउनलेड गर्न सकिनेछ ।
अनलाइन टेस्ट न्यूनतम मूल्यमा गर्न सकिनेछ भने पेमेन्ट गर्नका लागि ईसेवा वालेटको आवश्यकता पर्दछ । तर पेमेन्ट मेथोड भने थप गर्दै लैजाने कम्पनीकाे योजना छ ।