close

दरबारमार्टको दशैं अफर, ६० प्रतिशत छुटका साथै सुनको सिक्का जित्न सकिने

टेकपाना टेकपाना

असोज ११, २०७८ १७:९

दरबारमार्टको दशैं अफर, ६० प्रतिशत छुटका साथै सुनको सिक्का जित्न सकिने

काठमाडौं । ई-कमर्स प्लेटफर्म दरबारमार्टले दशैंलाई लक्षित गर्दै ‘बब्बाल बडा दशैं आयो, सुन चाँदीको बहार ल्यायो’ अफर सञ्चालनमा ल्याएको छ । आइतबारदेखि सुरु भएको यो अफरअन्तर्गत सामान खरिद गर्ने ग्राहकले छुटका साथै, सुन चाँदीको सिक्कासमेत प्राप्त गर्ने जनाइएको छ ।

ग्राहकले पाँच हजारभन्दा माथिका सामान खरिदमा चाँदीको सिक्का प्राप्त गर्नसक्ने छन् । त्यस्तै ६० प्रतिशतसम्मको छुट, बब्बाल गिफ्ट ह्याम्पर, बब्बाल क्यास ब्याक ग्राहकले प्राप्त गर्नेछन् । भने, लक्की ड्रबाट छानिएका ग्राहकले सुनको सिक्का प्राप्त गर्नेछन् ।

यो योजनाअन्तर्गत ग्राहकले पाँच हजारसम्मको डिस्काउन्ट भौचर प्राप्त गर्नेछन्, जुन प्रयोगकर्ताले मार्टमा उपलब्ध विभिन्न सामान खरिद गर्न प्रयोग गर्नसक्ने जनाइएको छ ।

यसका साथै दरबारमार्टमा दर्ता भएसँगै ग्राहकले सय रुपैयाँ आम्दानी गर्न सक्नेछन् । भने, अन्य आफन्तलाई रिफर गर्दा ५० रुपैयाँसम्म रकम प्राप्त गर्न सकिने छ ।

कम्पनीका अनुसार मार्टमा इलेक्ट्रोनिक्स सामानमा समेत छुट उपलब्ध हुनेछ । जसमा मोबाइल खरिदमा १५ सय रुपैयाँसम्म छुट प्राप्त गर्न सकिनेछ । त्यस्तै ल्यापटप लगायतका सामानको खरिदमा दुईदेखि २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१