close

अमेरिकामा चिप प्लान्ट निर्माण गर्दै सामसङ

टेकपाना टेकपाना

असोज १३, २०७८ २१:२१

अमेरिकामा चिप प्लान्ट निर्माण गर्दै सामसङ

काठमाडौं । सामसङ इलेन्ट्रोनिक्सले अमेरिकाको टेक्सासमा चिप प्लान्ट निर्माण गर्ने तयारी गरेको छ । रोयटर्सको एक रिपोर्टका अनुसार कम्पनीले १७ अर्ब अमेरिकी डलर लागतमा प्लान्ट निर्माण गर्ने तयारी अन्तिम चरणमा पुर्‍याइसकेको छ ।

यद्यपि कम्पनीले भने यस विषयमा खासै विवरण दिएको छैन । कारखानामा सेमिकन्डक्टर चिप उत्पादन गरिनेछ र करिब १८ सयलाई रोजगारी उपलब्ध गराउने योजना छ ।

अस्टिनमा भएको सामसङको चिप प्लान्ट मौसमी आँधीका कारण क्षतिग्रस्त भएको थियो । जसले गर्दा यो वर्षको पहिलो त्रैमासिकमा कम्पनीले करिब २५४ अमेरिकी डलरदेखि ३३९ अमेरिकी डलरसम्मको क्षति बेहोरेको थियो ।

यही वर्षको जनवरी महिनामा सामसङले ६० लाख स्क्वायर फुटको नयाँ प्लान्ट निर्माण गर्ने घोषणा गरेको थियो । उत्पादन क्षमता पनि वृद्धि गर्दै सन् २०२४ को अन्त्यसम्ममा कारखाना सञ्चालनमा ल्याउने कम्पनीकाे याेजना छ ।

विश्वभरको अटो क्षेत्रले सेमिकन्डक्टर चिप अभावको सामना गरिरहेका बेला कम्पनीले यो योजना अगाडि सारेको हो । विश्वको चिप कन्ट्रयाक्ट म्यानुफ्याक्चरिङ इन्डस्ट्रीमा सामसङको १७.३ प्रतिशत बजार हिस्सा रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१