close

म्यासेञ्जर डाउन हुँदा ३ गुणाले बढ्यो हाम्रोपात्रोको भिडिओ कल

टेकपाना टेकपाना

असोज १९, २०७८ १८:४२

म्यासेञ्जर डाउन हुँदा ३ गुणाले बढ्यो हाम्रोपात्रोको भिडिओ कल

काठमाडौं । सोमबार राति अचानक विश्वभर फेसबुक, म्यासेञ्जर, ह्वाट्सएप र इन्स्टाग्राम डाउन हुँदा त्यसको फाइदा अन्य एपहरूलाई पुगेको छ । हालै मात्र भिडिओ कलको फिचर ल्याएको हाम्रो पात्रोमा समेत यस अवधिमा भिडिओ कल तीन गुणाले वृद्धि भएको कम्पनीले जनाएको छ ।

सोमबार राति ९ः२५ बजेदेखि छ घण्टासम्म फेसबुकका सबै एप पूर्ण रुपमा ठप्प भएका थिए । हाम्रो पात्रोका संस्थापक शङ्कर उप्रेतीले फेसबुक पोस्ट गर्दै आफ्नो भिडिओ कलको प्रयोग बढेको बारे जानकारी दिएका हुन् ।

‘हामीले फेसबुक म्यासेन्जर डाउन भएको समयमा हाम्रो पात्रोको भिडिओ कल तीन गुणाले वृद्धि भएको देखेका छौँ,’ उनले लेखेका छन्, ‘हिजोको सेवा अवरुद्धले हामी कलिङका लागि विकल्पको रुपमा अगाडि आउन सक्ने देखाएको छ ।’ 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५