काठमाडौं । दक्षिण कोरियाको के.टी. टेलिकम कम्पनीमा ठूलो मात्रामा डिडक्स (डिस्ट्रिव्युटेड डिनायल अफ सर्भिस) हमला भएको छ । सोमवार स्थानीय समयअनुसार करिब ११ बजेको हारहारीमा भएको उक्त हमलामा देशभरका टेलिकम सेवाग्राही प्रभावित भएका छन् ।
कम्पनीका अनुसार करिब ४० मिनेट सेवा अवरुद्ध हुँदा प्रयोगकर्ताले क्रेडिट कार्ड, स्टक ट्रेडका साथै केही अनलाइन एप्लिकेसनसमेत चलाउन पाएनन् ।
आक्रमणलगत्तै कम्पनीको विपद् व्यवस्थापन समूहले सामान्य अवस्थामा ल्याउन तत्काल कदम उठाएको टेलिकमका प्रवक्ताले बताएका छन् ।
फलस्वरुप अहिले देशका धेरैजसो ठाउँमा टेलिकम सेवा पुन: सामान्य अवस्थामा आइसकेको छ ।
संघीय प्रहरी र विज्ञान आईसीटी मन्त्रालयले के.टी.सँगको समन्वयमा यस आक्रमणको अध्ययन गरिरहेको छ । यद्यपि मन्त्रालयले यस अट्याकमा डिटक्स अट्याक नै कारण भए/नभएको स्पष्टिकरण दिएको छैन ।
साथै प्रमुख टेलिकम एस के टेलिकम र एलजी टेलिकम प्रभावित नभएको जनाएको छ ।
डिडक्स अट्याकबाट प्रभावित नहुँदा पनि एसके टेलिकम र एलजी टेलिकमका प्रयोगकर्ताले उक्त आक्रमणप्रति सामाजिक सञ्जालमार्फत गम्भीर आपत्ति जनाइरहेका छन् ।
दुवै कम्पनीले यस हमलालाई नजिकबाट अनुगमन गरिरहेको जनाएका छन् ।