close

एक दिनमै साढे ४३ खर्बले बढ्यो एलन मस्कको कमाइ

टेकपाना टेकपाना

कात्तिक ९, २०७८ १४:२०

एक दिनमै साढे ४३ खर्बले बढ्यो एलन मस्कको कमाइ

काठमाडौं । अमेरिकी कार रेन्टल कम्पनी हर्जले टेस्लाका एक लाख कार किन्ने घोषणा गरेसँगै कम्पनी र कम्पनीका सीईओ एलन मस्कको खुद नाफा नयाँ उचाइमा पुगेको छ ।

यो घोषणासँगै टेस्लाको शेयरको मूल्य सोमबार १३ प्रतिशतले बढेको छ भने मस्कको कमाइ ३६.२ अर्ब अमेरिकी डलर (साढे ४३ खर्ब रूपैयाँभन्दा बढी) ले बढेको ब्लुम्बर्गको रिपोर्टमा उल्लेख छ ।

योसँगै मस्कको खुद नाफा २८८.६ अर्ब अमेरिकी डलर पुगेको छ । यो रकम टोयोटाको बजार मूल्यभन्दा पनि बढी हो ।

टोयोटाको बजार मूल्य २८२ अर्ब अमेरिकी डलर मात्र रहेको छ ।

टेस्लामा मस्ककाे करिब २० प्रतिशत हिस्सा छ, जुन उनको आम्दानीको मुख्य स्रोत हो । यसैको आम्दानीबाट उनले बोरिङ कम्पनी र स्पेसएक्स लगायत भेन्चर कम्पनीमा लगानी पनि गरेका छन् ।

सोमबारको टेस्लाको कमाइले मस्कले सो दिन मात्र आठ अर्ब अमेरिकी डलर कमाएका छन् ।

यही जनवरीमा मात्र अमेजनका संस्थापक जेफ बेजोसलाई पछि पार्दै मस्क विश्वकै धनी व्यक्ति बन्न सफल भएका थिए । हाल मस्कको कमाइ बेजोसको भन्दा १०० अर्ब डलरले बढी रहेको ब्लुम्बर्गले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१