काठमाडौं । एक जना व्यक्ति रक्सीले मातेपछि मोबाइल टावरमा चढेका छन् । टाइम्स अफ इन्डियामा प्रकाशित समाचार अनुसार भारतको मुजफ्फरनगर नगरको पर्सोली गाउँका अशरफ नाम गरेका व्यक्ति मदिराले मातेपछि मोबाइल टावरमा चढेका हुन् ।
यसले स्थानीय बजारमा रहेको अराजकतालाई समेत देखाउँछ । स्थानीय प्रहरीले रेकर्ड गरेको भिडिओ फुटेजमा ती व्यक्ति मोबाइल टावरको टुप्पोमै पुगेको देखिन्छ ।
Drunk man climbs the mobile tower, creates chaos in Muzaffarnagar pic.twitter.com/rnvIdvoT88
— The Times Of India (@timesofindia) November 7, 2021
रक्सीले मातेका कारण अशरफ मोबाइल टावरमा चढेको यो नै पहिलो पटक भने होइन । स्थानीय प्रहरीले हस्तक्षेप गरी उनलाई टावरबाट सुरक्षित रुपमा तल झारेको थियो ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५
