काठमाडौं । टेस्लामा भएको आफ्नो १० प्रतिशत शेयर बेच्ने एलन मस्कको घोषणामा ट्विटर प्रयोगकर्ताले समर्थन जनाएका छन् । मस्कले आइतबार ट्विटरमा सर्वेक्षण गर्दै आफूले शेयर बेच्ने निर्णय गरेको भन्दै भोट मागेका थिए ।
मस्कले गरेको सर्वेक्षणमा करिब ६० प्रतिशत ट्विटर प्रयोगकर्ताले समर्थन जनाएका छन् भने ४० प्रतिशतले असहमति जनाएका छन् । ‘मेरो टेस्लाको १० प्रतिशत शेयर बेच्ने प्रस्ताव गर्छु,’ मस्कले सर्वेक्षणमा भनेका छन्, ‘यसमा तपाईंहरुको समर्थन छ ?’
मस्कले ट्विटर सर्वेक्षणको नतिजा अनुसार निर्णय पनि प्रतिबद्धता व्यक्त गरेका थिए ।
Much is made lately of unrealized gains being a means of tax avoidance, so I propose selling 10% of my Tesla stock.
— Lorde Edge (@elonmusk) November 6, 2021
Do you support this?
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५
