close

म्यासेन्जरमा अब ग्रुप कल र च्याटमा पनि इन्ड-टु-इन्ड इन्क्रिप्सन

टेकपाना टेकपाना

कात्तिक २३, २०७८ ९:३८

म्यासेन्जरमा अब ग्रुप कल र च्याटमा पनि इन्ड-टु-इन्ड इन्क्रिप्सन

काठमाडौं । लोकिप्रय च्याट एप म्यासेन्जरमा अब ग्रुप कल र ग्रुप च्याटमा पनि इन्ड-टु-इन्ड इन्क्रिप्सन फिचर थप हुने भएको छ । मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गलै हालै फेसबुकमा एक पोस्ट गर्दै यसबारे जानकारी दिएका हुन् ।

कम्पनीले तीन महिनाअघि नै म्यासेन्जरमा भ्वाइस र भिडियो कलका लागि इन्ड-टु-इन्ड-इन्क्रिप्सन सुरु गरेको थियो । अब भने सबै प्रकारका च्याट र कलमा यस्तो सुरक्षा फिचर प्रयोगमा आउन लागेको हो ।

जुकरबर्गले ग्रुप च्याट, ग्रुप भिडिओ र ग्रुप अडियो कलमा यो फिचर सुरु गर्न लागेको बताउँदै कम्पनीका अन्य सेवाहरूमा पनि इन्क्रिप्सन विस्तार गर्ने जनाएका छन् ।

फेसबुक मेसेन्जरले २०१६ मा ‘सेक्रेट कन्भर्सेसन’ अप्सन थप गर्दै पहिलोपटक टेक्स्ट म्यासेजका लागि इन्ड-टु-इन्ड इन्क्रिप्सन सुरु गरेको थियो

टेक्स्ट म्यासेजसँगै भ्वाइस र भिडियो कलमा पनि प्रयोगकर्ताको रुचि बढ्दै गएकाले यो फिचर विस्तार गरिएको कम्पनीले जनाएको छ ।

यो फिचर प्रयोगमा आएसँगै म्यासेन्जरमा हुने कल वा च्याटमा तेस्रो व्यक्तिको पहुँच हुँदैन । अर्थात् दुई डिभाइसबाट म्यासेन्जरमा हुने कल वा च्याटमा तेस्रो पक्षले पहुँच राख्न सक्दैन ।

हाल म्यासेन्जरमा एक दिनमा १५ करोडभन्दा बढी भिडियो कल हुन्छ । तर इन्ड–टु–इन्ड इन्क्रिप्सन सेवा स्वतः रुपमा लागू नहुँदा अर्को पक्षले प्रयोगकर्ताबीचको कलमाथि पहुँच राख्ने जोखिम थियो ।

साइबर सुरक्षा विज्ञहरूले फेसबुक म्यासेन्जरका सबै च्याटमा स्वतः इन्ड–टु–इन्ड इन्क्रिप्सन कार्यान्वयन गर्द दबाब दिइरहेका छन् । हाल टेक्स्ट म्यासेजको हकमा प्रयोगकर्ता आफैंले सेटिङमा गएर यसलाई प्राइभेट कन्भर्सेसन गर्ने अप्सनमात्र छ ।

मेटाको अर्को च्याट एप ह्वाट्सएपले यसअघि नै सबै च्याटका लागि इन्ड-टु-इन्ड इन्क्रिप्सन लागू गरेको छ । यो फिचरका कारण म्यासेज पठाउने र पाउनेबाहेक अन्य व्यक्तिले पहुँच राख्न नसक्ने कम्पनीकाे दाबी छ ।

यो पनि पढ्नुहोस्:

इन्ड-टु-इन्ड इन्क्रिप्सन के हो र यसले कसरी काम गर्छ ?

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५