काठमाडौं । फिसिङ आक्रमण सफल बनाउनका लागि साइबर अपराधीहरूले सम्भावित सूचना जम्मा पार्न थालेका छन् ।
आईटी सुरक्षा कम्पनी बारकुडा नेटवर्कको नयाँ रिपोर्टका अनुसार बाइट अट्याक साइबर अपराधीले प्राप्त गरेका इमेलहरू परीक्षण गर्ने र इमेल पठाएर फिसिङमा पार्ने प्रविधि हो ।
फर्मका अन्वेषकहरूले १० हजार पाँच सय संस्थाहरूमा गरेको सर्वेक्षणमा ३५ प्रतिशत भन्दा बढीले २०२१ को सेप्टेम्बरमा विभिन्न प्रलोभन सहितको इमेल प्राप्त गरेको पाइएको हो ।
प्रलोभनका लागि पठाइएका खेलहरूमा कुनैपनि फिसिङ लिङ्क, मालिसियस अट्याचमेन्ट वा मालवेयर समावेश नहुने भए पनि त्यस्ता इमेलले सेक्युरिटी सिस्टम पार गर्दै संस्थाको इमेलको इन्बक्समा आइपुग्ने पाइएको छ ।