close

डोनाल्ड ट्रम्पको सोसल मिडिया कम्पनीलाई जुट्यो एक अर्ब डलर लगानी

टेकपाना टेकपाना

मंसिर २०, २०७८ १०:१७

डोनाल्ड ट्रम्पको सोसल मिडिया कम्पनीलाई जुट्यो एक अर्ब डलर लगानी

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको सोसल मिडिया कम्पनीले एक अर्ब अमेरिकी डलर लगानी जुटाएको दाबी गरेको छ । आफूलाई अन्य सामाजिक सञ्जाल कम्पनीले प्रतिबन्ध लगाएको भन्दै ट्रम्पले भर्खरै मात्रै ट्रम्प मिडिया एण्ड टेक्नोलोजी ग्रुप नामक कम्पनी स्थापना गरेका थिए ।

यो कम्पनीले ट्रथ नामक म्यासेजिङ प्लेटफर्म सञ्चालनमा ल्याउने तयारी गरेको छ । यो कम्पनीपब्लिक लिमिटेड कम्पनी बनाउने ट्रम्पको तयारी छ । सामाजिक सञ्जालमार्फत् गलत जानकारी फैलाएको भन्दै ट्विटरसहित ठूला सामाजिक सञ्जाल कम्पनीले ट्रम्पलाई प्रतिबन्ध लगाएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२