काठमाडौं । हामी सन् २०२१ को अन्त्यतिर छौं । यतिबेला धेरै कम्पनीले यो वर्षमा हासिल भएका उपलब्धि सार्वजनिक गरिरहेका छन् ।
हालै एप्पलले एप स्टोरका उत्कृष्ट एपको सूची सार्वजनिक गरिसकेको छ । त्यस्तै गुगल प्ले स्टोरले पनि सन् २०२१ का उत्कृष्ट एप तथा गेमिङ एपको सूची सार्वजनिक गरिसकेको छ ।
यसैबीच टिकटकले पनि सन् २०२१ मा आफ्नो प्लेटफर्मका उत्कृष्ट भिडिओ, इफेक्ट र गीतको सूची सार्वजनिक गरेको छ ।
टिकटकका उत्कृष्ट भिडिओ
यो वर्षको टप भिडिओको सूचीमा सबैभन्दा अघि डेभिड एलनले बनाएको ‘ड्रोन डान्सिङ’ परेको छ । यो भिडिओ हालसम्म ३१३.९ मिलियनभन्दा बढी हेरिएको छ भने, ४३.९ मिलियन लाइक छ ।
त्यसबाहेक यो वर्षको उत्कृष्ट भिडिओको सूची यस्तो रहेको छ ।
- @chipmunksoftiktok – Squishy the Chipmunk hiding nuts in his mouth
- @_catben_ – Restocking at its finest
- @my_aussie_gal – Dog painting
- @zachking – Zach King disappearing into his art
- @tracy.oj – The original “Woman” dance video
- @chaotticgoood – Please don’t go
- @felixgabrielmusic – Here comes the boy musical edition
- @sunisalee_ – Sunisa Lee celebrating her gold
- @zeddywill – Bro who got you smiling like that?
त्यस्तै टिकटक सफल बनाउने अर्को मुख्य आधार भनेको गीत हो । जसले धेरै कलाकारलाई विस्तार हुन अवसर दिएको छ । त्यसैले पनि कम्पनीले यो टिकटकमा यो वर्षका उत्कृष्ट गीतहरू समेत छनोट गरेको छ ।
यस्ता छन टिकटकमा यो वर्षको उत्कृष्ट गीतः
- “Adderall (Corvette Corvette)” – Popp Hunna
- “Batman ” – LPB Poody
- “Bundles (feat. Taylor Girlz)” – Kayla Nicole
- “Kiss Me More (feat. SZA)” – Doja Cat
- “TWINNEM” – Coi Leray
- “Up” – Cardi B
- “Buss It” – Erica Banks
- “Astronaut In The Ocean” – Masked Wolf
- “Punk Monk” – Playboi Carti
- “drivers license” – Olivia Rodrigo
यसका साथै कम्पनीले टिकटकमा उपलब्ध विभिन्न एआर फिचरमध्ये यो वर्ष धेरै प्रयोग भएका इफेक्टको पनि सूची सार्वजनिक गरेको छ । जुन यसप्रकार रहेका छन्ः
- GAP’s brown hoodie
- Kate Spade’s heart-shaped bag
- Clinique’s Almost Lipstick in Black Honey
- Squishmallows
- Peter Thomas Roth Instant FIRMx Eye
- KFC Nashville Hot Chicken
- IKEA tote bag
- Bissell Little Green Machine
- Laser star projector
- They Both Die at the End by Adam Silvera
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२
