close

राति टेलिकमको सेवा अवरुद्ध हुनसक्ने, के-के चल्छ/चल्दैन ?

टेकपाना टेकपाना

मंसिर २४, २०७८ २२:५

राति टेलिकमको सेवा अवरुद्ध हुनसक्ने, के-के चल्छ/चल्दैन ?

काठमाडौं । आज राति नेपाल टेलिकमको सिस्टममा समस्या आउनसक्ने देखिएको छ । कम्पनीले सिस्टम मर्मत सम्भारका कारण समस्या हुनसक्ने भन्दै आफ्ना प्रयोगकर्तालाई पूर्वजानकारी दिएको हो ।

कम्पनीका अनुसार बिलिङ सिस्टमको नियमित मर्मत सम्भारका क्रममा राति ११ः३० देखि करिब एक घण्टासम्म केही सेवाहरू अवरुद्ध हुन सक्नेछ । जसमा प्याकेज सब्स्क्रिप्सन, भोल्युम तथा ब्यालेन्स सोधपुछ जस्ता सेवाहरू प्रभावित हुन सक्नेछन् ।

यद्यपि त्यस बाहेकका सेवाहरू भने यथावत रुपमा सुचारु रहने कम्पनीले बताएको छ । ‘यसबाट ग्राहक वर्गमा पर्न जाने असुविधाको लागि कम्पनी क्षमाप्रार्थी छ,’ कम्पनीले भनेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२