काठमाडौं । छोटो भिडिओको लागि लोकप्रिय बनेको टिकटकले ब लाइभ भिडियोमार्फत् सामानको बिक्री गर्ने अभ्यास सुरु गर्ने भएको छ । यसका लागि कम्पनीले बुधबार एउटा लाइभ कार्यक्रम आयोजना गर्दैछ ।
टिकटकले गर्ने लाइभ शपिङ इभेन्टमा प्रयोगकर्ताले अनलाइनमार्फत सामान अर्डर गर्न सक्नेछन् । पछिल्लो समय टिकटकले आफ्नो एपलाई ई–कमर्सको रुपमा पनि विकास गर्ने गरी ठूलो रकम लगानी गरिरहेको छ ।
यस्तो इभेन्टको क्रममा बिक्री हुने सामानको केही हिस्सा टिकटकले आफ्नो कमिसनको रुपमा राख्नेछ ।
छोटो भिडिओ सेयर गर्नको लागि लोकप्रिय एप टिकटकमा अहिले धेरै बिक्रेताले आफ्नो सामानको प्रवद्र्धन गरिरहेका छन् ।