काठमाडौं । अन्तरिक्षमा मानवले पहिलो पाइला टेकेको छ दशक बितिसकेको छ । त्यो समयदेखि आजसम्म आउँदा मानिसको अन्तरिक्ष यात्रामा धेरै फरक आइसकेको छ ।
यो अवधिमा अन्तरिक्षमा मानिसहरूले धेरै अध्ययन अनुसन्धान परीक्षण गरिसकेका छन् र अझै थप परिष्कृत प्रविधिसँग अगाडि बढिरहेका छन् । हामीले अन्तरिक्षका बारेमा धेरै कुरा सुन्दै आएका छौं ।
आज हामी अन्तरिक्षमा कति पटक घाम लाग्छ त भन्ने विषयमा जानकारी दिँदैछौं ।
स्पेस स्टेसनले लगभग ३५४ किलोमिटरको उचाइमा २७,७०० किलोमिटर प्रति घण्टाको गतिमा अन्तरिक्षमा यात्रा गर्दछ भने अन्तरिक्षयात्रीहरूले प्रत्येक ९० मिनेटमा एक पटक पृथ्वीको परिक्रमा गर्छन् ।
रोचक पक्ष त यो छ कि अन्तरिक्षमा रहेर पृथ्वीको एकपटक परिक्रमा गर्दा प्रत्येक ४५ मिनेटको लागि उज्यालो हुन्छ र प्रत्येक ४५ मिनेटका लागि अँध्यारो हुन्छ ।
यसको अर्थ अन्तरिक्षमा २४ घण्टामा १५ देखि १६ पटक घाम उदाउने र अस्ताउने हुन्छ ।