केयूमा ‘बीएससी ईन कम्प्युटर साइन्स’ पढ्न चाहनुहुन्छ ? यस्तो छ पाठ्यक्रम र शुल्क
पुस ४, २०७८ १८:५५
काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरू अब विश्वविद्यालयको ढोका उघार्न तम्तयार छन् । तर स्नातक तहमा आफूले चाहेको विषय कहाँ पढ्ने भनेर धेरैले निर्णय लिन सकिरहेका छैनन् ।
यस्तो अवस्थामा टेकपानाले निरन्तर विभिन्न सूचना प्रविधि (आईटी) का शैक्षिक कार्यक्रमबारे जानकारी दिइरहेको छ । आज हामी काठमाडौं विश्वविद्यालयले सञ्चालन गरिरहेको बीएससी इन कम्प्युटर साइन्सका विषयमा चर्चा गर्दैछौ ।
सूचना प्रविधिमा आफ्नो भविष्य बनाउन चाहने विद्यार्थीका लागि यो शैक्षिक कार्यक्रम राम्रो विकल्प हुनसक्छ । सूचना प्रविधि र योसँग जोडएको अध्ययन तथा अनुसन्धानमा रुचि भएको विद्यार्थीको लागि बीएससी इन कम्प्युटर साइन्स विषय तयार गरिएको हो ।
काठमाडौं विश्वविद्यालयमा यो शैक्षिक कार्यक्रम पढ्न इच्छुक विद्यार्थीका लागि चार वर्षे कोर्ष तयार पारिएको छ । सन् १९९८ देखि यो शैक्षिक कार्यक्रम सुरु गरेको काठमाडौं विश्वविद्यालयले हालसम्म एक हजारभन्दा बढी विद्यार्थी उत्पादन गरिसकेको छ ।
केयूबाट उत्तीर्ण भएका विद्यार्थी अहिले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा काम गरिरहेका छन् ।
कोर्ष डिजाइन
केयूमा आठ सेमेस्टरको चार वर्षे बीएससी कोर्ष पढाइ हुन्छ ।
पहिलो वर्षको दुई सेमेस्टरमा क्यालकुलस एण्ड लिनियर अलजेब्रा, जेनरल फिजिक्स, कम्युनिकेसन स्किल, कम्प्युटर प्रोग्रामिङ, जेनरल केमेस्ट्री, इन्जिनियरिङ लगायतका विषय पढ्नुपर्छ भने दोस्रो वर्षको दुई सेमेस्टरमा स्टाटिस्टिक, डिस्क्रिट म्याथम्याटिक्स, डिजिटल लजिक, इलेक्ट्रोनिक इन्जिनियरिङ, माइक्रोप्रोसेसर, डेटाबेस म्यानेजमेन्ट सिस्टम लगायतका विषय पढ्नुपर्छ ।
कोर्षको अन्तिम दुई वर्षको चार सेमेस्टरमा भने कम्प्युटर अपरेटिङ सिस्टम, अल्गोरिदम, सफ्टवेयर लगायतका विषय पढ्नुपर्ने हुन्छ ।
कसले पढ्न पाउँछन् ?
सामान्यतया १२ कक्षामा साइन्स विषय लिएर पढेका विद्यार्थीले स्नातकमा कम्प्युटर साइन्स पढ्ने गर्छन् । केयूमा बीएससी पढ्नको लागि उच्च मावि तहमा ५० प्रतिशत अंक ‘सी’ ग्रेड ल्याएको हुनुपर्छ ।
कक्षा सिट र शुल्क
केयूमा हाल एउटा कक्षामा ६० जनाको सिट उपलब्ध छ । यो विषय पढ्न केयूमा चार वर्षको कुल आठ लाख रुपैयाँ शुल्क लाग्छ ।
छात्रवृत्ति
केयूमा बीएससी पढ्न चाहने इमन्दार तथा जेहेनदार विद्यार्थीका लागि छात्रवृत्तिको पनि व्यवस्था गरेको छ । कम्प्युटर साइन्स एवं इन्जिनियरिङ विभागका प्रमुख बालकृष्णले बलका अनुसार इन्ट्रास टपर तथा सेमेस्टर टपरहरूका लागि छात्रवृत्तिको पनि व्यवस्था गरिएको छ ।
त्यस्तै आर्थिक समस्या भएको र पढाइ राम्रो भएर बीएससी पढ्न रुचि भएको विद्यार्थीका लागि पनि छात्रवृत्तिको व्यवस्था गरेको उनले बताए ।
अध्ययनपछि कहाँ छ अवसर ?
सामान्य भाषामा भन्नुपर्दा केही विद्यार्थी स्नातक सकिसकेपछि स्नातकोत्तर पनि पढ्ने गर्छन् । तर केही विद्यार्थीहरू भने स्नातकपछि जागिरको खोजी गर्न थाल्छन् । केही भने पढाइ र कामलाई सँगै लगिरहेका हुन्छन् ।
बीएससी इन कम्प्युटर साइन्स पढिसकेपछि विशेषगरी कम्प्युटिङमा आउने समस्या समाधान गर्ने, विभिन्न सफ्टवेयर डिजाइन तथा इम्प्लिमेन्ट गर्ने लगायतका कामहरूमा आबद्ध हुन सकिन्छ ।
केयूबाट बीएससी उत्तीर्ण भएका विद्यार्थीहरू अहिले अध्ययन अनुसन्धान, कम्युटिङ लगायतका क्षेत्रमा विश्वकै ठूला टेक कम्पनी फेसबुक तथा गुगलहरूमा पनि काम गरिरहेको विभाग प्रमुख बलले बताए ।
Year/ Semester ( I/I )
Calculus and Linear Algebra
General Physics I
Communication Skills I
Computer Programming
Elements of Engineering I
General Chemistry
Engineering Drawing I
Eng. Project Preparation and Workshop Practice
Year/ Semester ( I/II )
Advanced Calculus
General Physics II
Object Oriented Programming
Elements Of Engineering II
Communication Skills II
Introduction to Environmental Engineering
Engineering Drawing II
Engineering Project
Year/ Semester ( II/I )
Statistics and Probability DiscreteMathematics/Structure
Digital Logic
Electronics Engineering I
Data Structures and Algorithms
Computer Project I
Laboratory Work
Year/ Semester ( II/II )
Differential Equations and Complex Variables
Numerical Methods
Communication and Networking
Microprocessor and Assembly Language
Database Management System
Computer Project II
Year/ Semester ( III/I )
Computational Operations Research
Engineering Economics
Operating Systems
Computer Architecture and Organization
Theory of Computation
Computer Graphics
Combined/Computer Project
Year/ Semester ( III/II )
Combinatorics
System Analysis and Design
Compiler Design
Algorithms and Complexity
Graph Theory
Human Computer Interaction
Combined/Computer Project
Year/ Semester ( IV/I )
Engineering Management
Software Engineering
Artificial Intelligence
Elective I
Elective II
Year/ Semester ( IV/II )
Engineering Entrepreneurship
Software Dependability
Internship
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२
