काठमाडौं । अमेरिकाको फुड डेलिभरी कम्पनी ‘उबर इट्स’ ले अन्तरिक्षमा पहिलो पटक खानेकुरा डेलिभरी गरेको छ । आफ्नो ट्वीटर अकाउन्ट मार्फत पहिलो पटक अन्तरिक्षमा खाना डेलिभरी गरेको भन्दै उबर इट्सले तस्वीरसहित ट्वीट गरेको छ ।
खानेकुराको डेलिभरी भनेको सुन्दा सामान्य रुपमा हामीले दैनिक जीवनमा प्रयोग गर्ने डेलिभरी सेवा जस्तै सुनिए पनि यो हाम्रो डेलिभरीभन्दा एकदमै फरक छ ।
कम्पनीले एक जापानी उद्यमीसँगको सहकार्यमा पर्यटकको लागि तयार गरेको अन्तरिक्षयानमा डेलिभरी गर्ने व्यक्ति ‘युसाकु मेजवा’ अन्तर्राष्ट्रिय स्पेश स्टेशनमा गएका थिए ।
उनले केही जापानी खानेकुराहरू अन्तर्राष्ट्रिय स्पेश स्टेशनका अन्तरिक्षयात्रीहरूलाई पुर्याएका थिए । करिब २४८ माइलको यात्रा आठ घण्टा ३४ मिनेटमा पुरा गरेर उनले अन्तरिक्षमा पुगेर खाना डेलिभरी गरेका हुन् ।
आफ्नो कम्पनीले पृथ्वीबाट अन्तरिक्षमा पनि डेलिभरी गरेको अवसरमा कम्पनीले पृथ्वीका ग्राहकका लागि विभिन्न छुट अफरहरू दिएको छ ।