काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको मोबाइल बैंकिङ एप ‘ईबीएल-टच २४’ ओम्नी च्यानल प्रणालीमा अपग्रेड भएको छ । बैंकले बुधबार एक कार्यक्रम आयोजना गरी आफ्नो मोबाइल बैंकिङ एपलाई नयाँ ओम्नी च्यानलमा अपग्रेड गरेको हो ।
मोबाइल बैंकिङ एप अपग्रेड भएसँगै बैंक ग्राहकले जुनसुकै बेला र जहाँसुकैबाट डिजिटल प्लेटफर्म प्रयोग गर्न सहज भएको छ । यसको अर्थ मोबाइल वालेट, ट्याब्लेट, पीसी, ल्यापटप आदि सबैमा ईबीएल-टच २४ सहजै प्रयोग गर्न सकिनेछ ।
बैंकको लाजिम्पाट स्थित मुख्य कार्यालयमा आयोजित एक कार्यक्रमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ र एफवान सफ्टका अध्यक्ष विश्वास ढकालको उपस्थितिमा उक्त प्रणाली सुरु गरिएको थियो । एभरेष्ट बैंकमा भारतको पञ्जाब नेशनल बैंकको समेत लगानी रहेको छ ।
जसका नेपालमा लाखौँ ग्राहक रहेका छन् । १०५ शाखा, ३१ राजस्व काउन्टर, १३८ एटीएम र फराकिलो विश्वव्यापी नेटवर्कमार्फत बैंकले अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक र प्रभावकारी बैंकिङ सेवा दिँदै आएको छ ।