close

घरबाटै अफिसको काम गर्ने कर्मचारीहरू ह्याकरको निशानामा

टेकपाना टेकपाना

पुस २०, २०७८ २१:०

घरबाटै अफिसको काम गर्ने कर्मचारीहरू ह्याकरको निशानामा

काठमाडौं । कोरोना महामारी सुरु भएसँगै धेरै कम्पनीहरूले वर्क फ्रम होमलाई मान्यता दिएका छन् । कतिपय ठूला प्रविधि कम्पनीमा अझै पनि यही प्रचलन कायम रहेको छ । भने, कतिपयले आवश्यक परेको खण्डमा घरबाटै काम गर्नसक्ने सुविधा पनि उपलब्ध गराएका छन् ।

यस्तोमा घरबाटै अफिसको काम गर्ने कर्मचारीहरू ह्याकरको निसानमा रहेको अध्ययनले देखाएको छ । घरबाटै काम गर्दा सहजताको लागि प्रयोगकर्ताले आफ्नो वेब ब्राउजरमै पासवर्ड सेभ गर्ने गरेका हुन्छन् ।

यस्तोमा त्यसको फाइदा उठाउँदै ह्याकरले कम्पनीको सिस्टममा सहजै पहुँच बनाउने गरेको पाइएको छ ।

पछिल्लो सयम भएका साइबर आक्रमणको घटनामा ह्याकरले यही माध्यम अपनाएको आईटी अनुसन्धानकर्ताहरूले बताएका छन् । योसँगै उनीहरूले ब्राउजरमा पासवर्ड सेभ नगर्न आग्रह गरेका छन् ।

सेक्युरिटी एएचएन ल्याबले वर्क फ्रम होमबाट काम गर्ने कर्मचारीले आफ्नो कम्पनीको नेटवर्कमा पहुँच बनाउन भीपीएन प्रयोग गर्दा पनि ह्याकिङको शिकार बनिरहेको बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५