close

सामाजिक सञ्जाल प्रयोगकर्तामध्ये हरेक ४ मा एक जनामाथि हुन्छ ठगी

टेकपाना टेकपाना

माघ १४, २०७८ २१:४१

सामाजिक सञ्जाल प्रयोगकर्तामध्ये हरेक ४ मा एक जनामाथि हुन्छ ठगी

काठमाडौं । यदि तपाईँ पनि सामाजिक सञ्जाल प्रयोग  गर्नुहुन्छ भने सतर्क हुन जरुरी छ । किनकी सामाजिक सञ्जाल माध्यमको विषयलाई लिएर एउटा आश्चर्यजनक खुलासा भएको छ ।

अमेरिकी सरकार अन्तर्गत रहेको फेडरल ट्रेड कमिसनको रिपोर्ट अनुसार सामाजिक सञ्जालबाट हुने ठगी निकै ठूलो धन्दा बनेर स्थापित बनेको छ । जसमा सन् २०२१ मा ९५ हजार भन्दा बढी मानिसहरू ठगीको शिकार बने ।

सामाजिक सञ्जाल माध्यममा भएका ठगीका कारण गत वर्ष ७७ करोड अमेरिकी डलरको नोक्सानी ब्यहोर्नुपरेको बताइएको छ । जुन अमेरिकामा २०२१ मा भएको कूल ठगीको २५ प्रतिशत अर्थात एक चौथाई हो ।    

सामाजिक सञ्जालमा गएको वर्ष अर्थात सन् २०२१ मा विज्ञापन, पोस्ट र मेसेजको माध्यमबाट हरेक चार मध्ये एक जना ठगीको शिकार बनेको पाइएको छ । हालै प्रकाशित एक आँकडा अनुसार गएको वर्ष सामाजिक सञ्जालमा ठगी गर्नेहरू निकै मुनाफामा रहे ।  

सामाजिक सञ्जालमार्फत ठगिमा पर्नेहरू सबै सक्रिय उमेर समूहका प्रयोगकर्ता रहेका छन् । त्यसमा सबैभन्दा बढी ठगिनेमा १८ देखि ३९ वर्ष उमेर समूहका मानिसहरू छन् ।

जसको सङ्ख्या बाँकी उमेरका मानिसहरूको तुलनामा दोब्बर छ । सामाजिक सञ्जालबाट हुने ठगीमा पर्ने धेरैजसो यस्ता प्रयोगकर्ता छन्, जसले लगानी अथवा मोजमस्ती जस्ता कामका लागि पैसा भुक्तानी गरिरहेका हुन्छन् ।

साथै धेरैजसो केसमा भनिएको छ कि सामाजिक सञ्जालमा त्यस्ता मानिसहरू समेत ठगीको शिकार भएका छन्, जसले सामाजिक सञ्जाल एपमा भरोसा गर्दै अनलाइन शपिङ गरेका थिए । सामाजिक सञ्जालमार्फत अनलाइन शपिङ गर्दा सबैभन्दा धेरै ४५ प्रतिशत मानिसहरू ठगीको शिकार बनेका छन् ।

उनीहरू मध्ये ७० प्रतिशत मानिसहरूले सामाजिक सञ्जालमा विज्ञापन देखेकै भरमा अनलाइन शपिङ गरेका थिए । सामाजिक सञ्जालमा सबैभन्दा बढी ठगी फेसबुक र इन्स्टाग्रामबाट भएको खबर छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२