close

तपाईँ विन्डोज ११ मा अपग्रेड हुनुभयो कि १० मै झुन्डिरहनु भएको छ ? यस्तो छ बजारको आँकडा

टेकपाना टेकपाना

माघ १४, २०७८ २०:५२

तपाईँ विन्डोज ११ मा अपग्रेड हुनुभयो कि १० मै झुन्डिरहनु भएको छ ? यस्तो छ बजारको आँकडा

काठमाडौं । सुरुवाती समयमा प्रयोगकर्ताले समस्या खेपेको भए पनि विन्डोज इलेभेन रोलआउटमा माइक्रोसफ्टले राम्रो सफलता प्राप्त गरेको छ । माइक्रोसफ्ट स्टोरमा रहेका एपका लागि विज्ञापन ढाँचा उपलब्ध गराउने कम्पनी एडडुप्लेक्सले आफ्नो जनवरीको युसेज रिपोर्ट सार्वजनिक गरेको छ ।

गएको नोभेम्बरमा अन्तिम रिपोर्ट प्रकाशित भएयताको दुई महिनामा एडडुप्लेक्सको तथ्याङ्कले विन्डोज ११ को बजार हिस्सा १६.१ प्रतिशत पुगेको छ । जुन नोभेम्बरमा ८.६ प्रतिशत रहेको थियो । यो रिपोर्ट चाहिँ एडडुप्लेक्स एसडीके भी.२.२ मा उपलब्ध एप रहेका ६० हजार  कम्प्युटरबाट सङ्कलित डेटामा आधारित हो ।

यो तुलनात्मक रुपमा निकै सानो आकारको नमूना हो । यसमा एडडुप्लेक्स एसडीके सपोर्ट नगर्ने विन्डोज सेभेन र एटको तथ्याङ्क समावेश छैन ।

यद्यपि विन्डोज इलेभेनका लागि यो आँकडा अपेक्षा गरिएभन्दा निकै सकारात्मक हो । यसै हप्ताको सुरुवातमा माइक्रोसफ्टले यस अघि विन्डोज १० माभन्दा विन्डोज ११ मा दोब्बर छिटो समयमा प्रयोगकर्ताहरू अपग्रेड भइरहेको जानकारी दिएको थियो ।

यसका साथै ग्राहकको सन्तुष्टि समेत यसअघिका सबै विन्डोज भर्सनको तुलनामा विन्डोज इलेभेनमा उच्च रहेको कम्पनीको दाबी छ । जुन थुप्रै विन्डोज १० पीसीले सिस्टम आवश्यकता पूरा गर्न नसकिरहेको अवस्थामाका बावजुत निकै प्रभावकारी हो ।

यद्यपि अहिलेको समयमा सबैभन्दा धेरै प्रयोग भइरहेको विन्डोज टेन भर्सन २१एच१ हो, जसको बजार हिस्सा २८.६ प्रतिशत रहेको छ । तर गत नोभेम्बरमा रहेको ३६.३ प्रतिशतभन्दा निकै कम हो ।

यसैगरी विन्डोज २०एच२ समेत ३१.८ प्रतिशतबाट घटेर २६.३ प्रतिशतमा खुम्चिएको छ । यसबाट धेरैभन्दा धेरै प्रयोगकर्ताहरू विन्डोज ११ मा गइरहेको देखिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२