close

ग्रिसका भाइबर प्रयोगकर्ताले २०२१ मा गरे एक अर्ब पटक कल

टेकपाना टेकपाना

माघ १६, २०७८ १५:१४

ग्रिसका भाइबर प्रयोगकर्ताले २०२१ मा गरे एक अर्ब पटक कल

काठमाडौं । ग्रिसका भाइबर प्रयोगकर्ताले २०२१ मा एक अर्ब पटक भाइबर कल गरेको तथ्याङ्क बाहिरिएको छ । भाइबरका संस्थापक कम्पनी राकुटेनका अनुसार ग्रिसका ९० प्रतिशतभन्दा बढी स्मार्टफोनमा भाइबर इन्स्टल गरिएको छ, जसकारण ग्रिसमा प्रयोग हुने च्याटिङ एपमध्ये सबैभन्दा शीर्ष स्थानमा भाइबर छ ।

सन् २०२१ मा ग्रिसको भाइबर टकटाइम (भाइबर कलमा कुराकानी भएको समय) कूल नौ करोड घण्टा रहेको कम्पनीले जनाएको छ । त्यसैगरी सोही अवधिमा प्रति सेकेण्ड ७०० वटा म्यासेज पठाइने गरेको पाइएको छ ।

अघिल्लाे वर्षको तुलनामा भाइबर कल टाइम २० प्रतिशतले बढेको हो भने पठाइएको अथवा सेन्ट भएका म्यासेजको संख्या १५ प्रतिशतले वृद्धि भएको हो ।

कूल फोनकल र म्यासेज सबैभन्दा बढी नयाँ वर्ष र भ्यालेन्टाइन्स डेमा प्रयोग भएको कम्पनीले बताएको छ । यो सबै तथ्याङ्क व्यक्तिगत प्रयोगकर्ताको मात्र हो ।

संस्थागत रुपमा हेर्दा व्यवसायिक भाइबर अकाउन्ट २०२१ मा ७९ प्रतिशतले बढेको छ । त्यस्तै व्यवसायिक म्यासेज पठाउने क्रम पनि ८२ प्रतिशतले वृद्धि भएको छ ।

कोरोना महामारीका कारण प्रयोगकर्ताको जनजीवन अनलाइनमा आधारित भएपछि भाइबरको प्रयोगमा पनि वृद्धि भएको बताइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५