close

स्थानीय तहबाट सुरु भयो राष्ट्रिय परिचयपत्र वितरण

टेकपाना टेकपाना

माघ १८, २०७८ १८:३४

स्थानीय तहबाट सुरु भयो राष्ट्रिय परिचयपत्र वितरण

काठमाडौं । राष्ट्रिय परिचयपत्रको आवेदन संकलन तथा वितरण सेवा स्थानीय तहबाट पनि सुरु भएको छ ।

सरकारले ई-पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै जिल्ला प्रशासन कार्यलयहरूमा भिड अत्याधिक मात्रामा बढेकाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले काठमाडौं जिल्लाका स्थानीय तहमा छुट्टै वितरण केन्द्र स्थापना गरेकाे हाे ।

विभागका सूचना प्रविधि निर्देशक सुवास ढकालले सेवाग्राहीकाे सहजताका लागि स्थानीय तहबाट पनि वितरण सुरु गरिएको बताए ।

हाल काठमाडौंको गोकर्णेश्वर, कागेश्वरी, कीर्तिपुर, चन्द्रागिरी र नागार्जुन नगरपालिकाबाट यो सेवा सुरु भएको र आउने दिनमा जनताको माग अनुसार जिल्ला बाहिर पनि वितरण केन्द्रहरू स्थापना गरिने ढकालले बताए ।

विभागले चाँडै नै राष्ट्रिय परिचयपत्रको कार्ड नै वितरण गर्ने गरी तयारी थाल्दैछ । हाल परीक्षणको अन्तिम चरणमा रहेको यो कार्ड पहिलो चरणमा एक करोड २० लाख नेपालीलाई वितरण गर्ने विभागकाे याेजना छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५