close

२ सय रुपैयाँमै अनलाइनमा पाँच दिने फोटोशप तालिम हुँदै*

टेकपाना टेकपाना

माघ १९, २०७८ १३:१७

२ सय रुपैयाँमै अनलाइनमा पाँच दिने फोटोशप तालिम हुँदै*

काठमाडौं । पछिल्लो समय ग्राफिक्स डिजाइन तथा फोटोशपमा धेरैको रुचि बढेको छ । आकर्षक जागिर पाउन सकिनुका साथै यी विषयमा पोख्त व्यक्तिले स्वरोजगार बनी राम्रै आम्दानी गर्न सक्छन् ।

यसैलाई मध्यनजर गर्दै व्यवसायिक तालिम प्रदान गर्दैै आएको नेपाली संस्था नियोस्फेयरले समय-समयमा फोटाशप तथा ग्राफिक्स डिजाइनिङका विषयमा निःशुल्क कक्षा सञ्चालन गर्दै आएको छ ।

यसका लागि छुट्टै कोर्ष नै बनाएर संस्थाले तालिम दिने गरेकाे छ । यसैबीच नियोस्फेयरले एडाेबी फोटोशप सिक्न चाहनेका लागि यही माघ २४ गतेबाट पाँच दिने अनलाइन तालिम सञ्चालन गर्ने तयारी गरेकाे छ ।

साे तालिममा फोटोशपका महत्वपूर्ण टुल तथा त्यसको प्रयोगको विषयमा सहभागीलाई सिकाइने छ । जसमा पहिलो दिन फोटाशप तथा ग्राफिक्स डिजाइनिङको विषयमा जानकारी दिइनेछ ।

त्यस्तै दोस्रो दिन कलर करेक्सन, रुल अफ थर्ड लगायतको विषयमा जानकारी दिइनेछ । त्यस्तै तेस्रो दिन फन टुल र इफेक्ट टुलको विषय जानकारी दिइने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यसमा सहभागिताका लागि सीमित सिट तोकिएको छ । सहभागी हुन चाहनेले यहाँ क्लिक गरी आवश्यक जानकारी भरेर आवेदन दिन सक्नेछन् ।

यसपटकको अनलाइन कक्षाका लागि इच्छुकले प्रवेश शुल्कका रुपमा दुई सय रुपैयाँ मात्र बुझाउनुपर्ने छ ।

‘हामीले यसअघिका तालिममा सबै कुरामा निःशुल्क व्यवस्था गरेका थियौं । तर सहभागीको संख्या धेरै हुँदा तालिम सञ्चालनमा असहज भयो । साथै कक्षामा सहभागीहरु पनि अनियमित हुने अवस्था भयो । यसपाली फोटोशप सिक्न चाहनेहरु मात्रै तालिममा आउन् भनेर दुई सय रुपैयाँ प्रवेश शुल्क लिएका हौं । सहभागीलाई संस्थाको तर्फबाट शर्टिफिकेट समेत वितरण गर्नेछौं,’ फोटोशप प्रशिक्षक एवं नियोस्फेयरका सेन्टर हेड दिपेन्द्र ढकालले भने ।

*शीर्षक सच्याइएको

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५