close

नयाँ लुक्समा युट्युवको भिडिओ प्लेयर

टेकपाना टेकपाना

माघ १९, २०७८ १२:२३

नयाँ लुक्समा युट्युवको भिडिओ प्लेयर

काठमाडौं । गुगलले एन्ड्रोइड तथा आईओएस प्रयोगकर्तालाई लक्षित गर्दै युट्युव भिडिओ प्लेयरको यूआईमा परिवर्तन गरेको छ ।

योसँगै एन्ड्रोइड तथा आईओएसमा फुल स्क्रिन बनाएर युट्युव भिडिओ हेर्दा आवश्यक महत्वपूर्ण ‘की’ हरु स्क्रिनमा देखिने छ, जुन भिडिओ हेर्दा बायाँ साइडको तल उपलब्ध हुनेछ ।

यसअघि यी महत्वपूर्ण ‘की’ हरु एपकाे दायाँ साइडको माथि रहेको अप्सनभित्र उपलब्ध थिए । नयाँ यूआई अनुसार अब स्क्रिनमै लाइक बटन, क्विक टुगल, सेभ टु प्ले लिस्ट र शेयर बटन उपलब्ध छ ।

यस्तै दायाँ साइडमा भने ‘मोर भिडिओज’ को विकल्प उपलब्ध छ । हाल यो फिचर एन्ड्रोइड १२ मा उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५