close

पूर्णरूपमा विन्डोज अपडेट हुन ६ घन्टासम्म लाग्ने

टेकपाना टेकपाना

माघ २६, २०७८ १६:५५

पूर्णरूपमा विन्डोज अपडेट हुन ६ घन्टासम्म लाग्ने

काठमाडौं । माइक्रोसफ्ट विन्डोजकाे नयाँ भर्सन अपडेटका लागि ६ घण्टासम्मको समय लाग्ने देखिएको छ । माइक्रोसफ्टका प्रोग्राम म्यानेजर डेभिड गायरले आफ्नो ब्लग पोस्टमार्फत यस विषयमा जानकारी दिएका हुन् ।

उनका अनुसार विन्डोज अपडेटका लागि इन्टरनेटमा निरन्तर दुई घण्टा कनेक्ट हुन आवश्यक छ भने इन्स्टल सहित गरेर कूल ६ घण्टा इन्टरनेट कनेक्सन आवश्यक रहने छ ।

यति भएको खण्डमा डाउनलोडका साथै ब्याकग्राउण्डमा हुने आवश्यक इन्स्टलेशनको काम सम्पन्न हुनेछ । त्यो बीचमा इन्टरनेट कनेक्ट नभएको खण्डमा पुनः इन्टरनेट कनेक्ट भएसँगै इन्स्टलेशन प्रक्रिया यसअघि रोकिएकै स्थानबाट सुरु हुने गायरले बताएका छन् ।

उनले आफ्नो ब्लग पोस्टमा आएको कमेन्टमा रिप्लाई दिँदै भनेका छन्, ‘मुख्यतया अपडेटको मुख्य काम सकिन भने केही घण्टामात्रै आवश्यक पर्छ । मैले उल्लेख गरेको ६ घण्टा भनेको निरन्तर रुपमा प्रयोग नहुने डिभाइसको हकमा हो । त्यस्ता डिभाइसमा निरन्तर कनेक्सन नहुँदा रिस्टार्ट र रोकिने भइरहँदा बढी समय लाग्ने देखिएको हो ।’

उनले भनेका छन्, ‘अपडेटमा पनि केही कुरा नेटवर्कबाट आउट भएसँगै रोकिएर पुनः नेटवर्कमा जोडिएसँगै सुरुबाटै हुने हुन्छ । त्यो हिसाबले पनि दुवैलाई आधारमा मान्ने हो भने सम्पूर्ण प्रक्रिया सकिँदा ६ घण्टा आवश्यक रहने देखिएको हो ।’

यसरी ६ घण्टा लाग्नुमा पहिलो समस्या विन्डोज १० मा सञ्चालित डिभाइसमा हो । त्यस्ता डिभाइसमा विन्डोज ११ मै आधारित डिभाइसको तुलनामा निकै कम समय लाग्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२