काठमाडौं । इन्स्टाग्राममा एकैपल्ट धेरै पोस्ट, कमेन्ट तथा आफ्ना अन्य गतिविधि डिलिट गर्न मिल्ने फिचर आउने भएको छ ।
प्रयोगकर्ताको सहजताका लागि इन्स्टाग्रामले नयाँ अकाउन्ट कन्ट्रोल फिचर मार्फत यस्ता सुविधा ल्याउने तयारी गरेको हो ।
यो फिचर प्रयोगकर्ताको प्रोफाइल अन्तर्गत ‘Your activity’ अप्सनमा उपलब्ध हुनेछ ।
यो अप्सनमा गएर प्रयोगकर्ताले एकैपटक पुराना पोस्ट, लाइक र कमेन्ट, स्टाेरी, रिल्स, स्टाेरी स्टिकरहरू डिलिट गर्न सक्नेछन् ।
हाल धेरै संख्यामा पोस्ट, कमेन्ट अथवा अन्य गतिविधि डिलिट गर्नुपर्यो भने एक-एक गर्दै डिलिट गर्नुपर्ने बाध्यता छ ।
यो फिचर पहिले २०२१ को डिसेम्बर महिनामा केही प्रयोगकर्ताको अकाउन्टमा देखिएको थियो ।
युवा प्रयोगकर्ताका लागि सेफ्टी फिचर थप गर्ने क्रममा प्रयोगकर्ताले आफूले के शेयर गरिरहेको छु र यदि गलत शेयर गरेको रहेछु भने त्यसलाई सच्याउन मद्दत हुने उद्देश्यले यो फिचर परीक्षण गरिएको इन्स्टाग्रामले जनाएको छ ।
And of course, with safety and security in mind, now’s also a great time to make sure you’re using our latest tools to manage your information and keep it as secure as you can. More here: https://t.co/64deXuznPy