close

इथिकल ह्याकिङ सहित तीन विषयमा निःशुल्क सीपमूलक तालिम हुँदै, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

फागुन ४, २०७८ १६:२०

इथिकल ह्याकिङ सहित तीन विषयमा निःशुल्क सीपमूलक तालिम हुँदै, यसरी दिनुहोस् आवेदन

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) र कम्प्युटर अशोसिएसन नेपाल (क्यान) महासंघको सहकार्यमा २०० जनालाई निःशुल्क प्राविधिक तालिम प्रदान गरिने भएको छ ।

रोजगार तथा रोजगार नभएका दुवै प्रकारका मानिसका लागि सीप तालिम कार्यक्रम सञ्चालन हुन लागेको हो ।

यस तालिम अन्तर्गत १०० जनालाई इथिकल ह्याकिङ, ८० जनालाई सीसीटीभी इन्स्टलेसन र रिपेयर तथा २० जनालाई प्रिन्टर सेटअप तथा रिपेयरको तालिम निःशुल्क प्रदान गरिनेछ ।

एक महिने लामो कार्यक्रम उद्योग/व्यवसायमा कार्यरत कामदार वा स्वरोजगार व्यक्तिहरु, वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरू र कोभिड-१९ महामारीको कारण रोजगारी गुमाएका व्यक्तिलाई लक्षित गर्दै यो कार्यक्रम सञ्चालन गर्न लागेको आयोजकले जनाएको छ ।

इच्छुक व्यक्तिले कार्यक्रममा सहभागी हुनका लागि फागुन १८ गतेसम्म यहाँ क्लिक गरेर अनलाइन आवेदन दिन सक्नेछन् ।

एक महिनासम्म हरेक दिन बिहान र बेलुका गरी चार घण्टाको तालिम सञ्चालन हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२