close

अबको एक महिनाभित्र गुगल ह्याङआउट्स बन्द हुँदै 

टेकपाना टेकपाना

फागुन १२, २०७८ १९:८

अबको एक महिनाभित्र गुगल ह्याङआउट्स बन्द हुँदै 

काठमाडौं । गुगलको लोकप्रिय मेसेजिङ एप गुगल ह्याङ्गआउट्स बन्द हुने भएको छ । नौ वर्षअघि सार्वजनिक भएको यो एप कम्पनीले बन्द गर्न लागेको हो ।

यस्तोमा गुगल ह्याङ्गआउट्सका विद्यमान प्रयोगकर्तालाई गुगलको नयाँ मेसेजिङ सेवा गुगल च्याटमा सारिनेछ । गुगलको यो घोषणा आगामी २२ मार्चदेखि लागू हुनेछ ।

वास्तवमा गुगलले आफ्नो गुगल च्याटलाई डिफल्ट मेसेजिङ एपको रुपमा उपयोगमा ल्याउन खोजिरहेको छ । वेब तथा मोबाइल एपमा जिमेल प्रयोगकर्ताले गुगल ह्याङ्गआउट्स प्रयोग गर्दा उनीहरूलाई गुगल च्याटमा पठाइनेछ ।

कम्पनीका अनुसार गुगल ह्याङ्गआउट्स प्रयोगकर्ताको डेटा हराउने छैन । यस्तोमा प्रयोगकर्ताले  गुगल ह्याङ्गआउट्स डेटालाई छुट्टै रुपमा स्टोर गर्नुपर्ने छैन ।

तर पनि यदि तपाईँको कुनै महत्त्वपूर्ण डेटा गुगल ह्याङ्गआउट्समा रहेको छ भने त्यसलाई छुट्टै राख्दा बुद्धिमानी हुनेछ । गुगलको तर्फबाट गुगल ह्याङ्गआउट्स बन्द गर्ने प्रक्रियाको सुरुवात जुन २०२० मै भएको हो ।

त्यसताका कम्पनीको योजना मेसेजिङ सर्भिसलाई जिमेलमा इन्टिग्रेसन गर्नु रहेको थियो । पछि सन् २०१७ मा कम्पनीले गुगल टकको रुपमा नयाँ मेसेजिङ सेवा सुरु गर्‍यो । त्यसैलाई परिवर्तन गर्दै अहिले गुगल च्याटको रुपमा प्रयोगमा ल्याइएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३