close

एनभिदिया ग्राफिक्स रहेका सबै उपकरण बिटक्वाइन माइनिङ मसिन बनाइदिने ह्याकरको चेतावनी 

टेकपाना टेकपाना

फागुन १८, २०७८ १३:५८

एनभिदिया ग्राफिक्स रहेका सबै उपकरण बिटक्वाइन माइनिङ मसिन बनाइदिने ह्याकरको चेतावनी 

काठमाडौं । दक्षिण अमेरिकी ह्याकिङ समूह ल्यापसस (Lapsus$) ले एनभिदिया एलएचआर (लाइट ह्यास रेट) जीपीयूको सफ्टवेयर तथा फर्मवेयर डेटा लिक गरिदिने चेतावनी दिएको छ । ह्याकिङ समूहको माग पुरा नगरे कम्पनीको प्रोप्राइटरी डेटा सुरुमा टेलिग्राम च्यानलमा लिक गरिदिने र यदि डेटा आधिकारिक रहेको पुष्टि भएमा सोही डेटा बिट्क्वाइन लगायत अन्य क्रिप्टोकरेन्सी माइनिङका लागि प्रयोग गर्ने धम्की दिएको हो । 

ह्याकिङ समूहको हातमा परेको डेटा आधिकारिक हो वा होइन भन्ने कुरा हालसम्म पुष्टि भने भइसकेको छैन । तर पनि समूहले कम्पनीलाई डेटा बिक्री गरिदिने धम्की दिइसकेको छ । जसले क्रिप्टोकरेन्सीको माइनिङका लागि एनभिदियाको एलएचआरलाई बाइपास गर्ने अनुमति दिन सक्छ ।

यदि एनभिदियाबाट चोरी भएको एक टीबी डेटाले एलएचआर बाइपास गर्न अनुमति दियो भने, आरटीएक्स ३०६० र आरटीएक्स ३०९० को पूर्ण क्षमतामा क्रिप्टोकरेन्सी माइन गर्न सकिने टेकराडारमा उल्लेख छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२