close

दराजले हरेक साता आईएमई पे डे मनाउने, अनलाइन किनमेलमा १० प्रतिशतसम्मको छुट पाइने

टेकपाना टेकपाना

फागुन १८, २०७८ १६:४२

दराजले हरेक साता आईएमई पे डे मनाउने, अनलाइन किनमेलमा १० प्रतिशतसम्मको छुट पाइने

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अनलाइन बजार दराजले हरेक आइतबार आईएमई पे डे सुरु गरेको छ । यससँगै प्रयोगकर्ताले आइएमई पे डिजिटल वालेटमार्फत दराजमा भुक्तानी गर्दा हरेक आइतबार १० प्रतिशत अर्थात् अधिकतम ३५० रुपैयाँसम्मको छुट पाउने भएका छन् ।

दराजका ग्राहकहरूले आफ्नो आईएमई पे भिसा कार्डमार्फत भुक्तानी गर्दा हरेक आइतबार १० प्रतिशत (अधिकतम ५०० रुपैयाँ) सम्मको अतिरिक्त छुट पाउन सक्नेछन् । दराज नेपालका डिजिटल पेमेन्ट एन्ड पार्टनरसिप प्रमुख अरुण फुयाल र आईएमई पेका सहायक महाप्रबन्धक प्रमोदमानसिंह बस्न्यातले दुई कम्पनीबीच भएको सम्झौतामा हस्ताक्षर गरेका छन् ।

“आइएमई पेसँग साझेदारी गरी आईएमई पे डे घोषणा गर्न  पाएकोमा हामी निकै उत्साहित छौँ,” फुयाँलले भने, “ग्राहकहरूलाई किनमेल गर्दा डिजिटल माध्यम अपनाउनुपर्ने आवश्यकता बोध गराउनेछ ।”

ग्राहकहरूले दराज एप वा वेबसाइट मार्फत आईएमई पे वालेट वा आइएमई पे भिसा कार्ड भाउचर सङ्कलन गर्न सक्नेछन् । संकलित भाउचरहरू चेकआउटको समयमा स्वतः लागू हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२